
मस्को, १२ साउन । गत छ महिनाको अवधिमा आतङ्बादी गतिविधि बढिरहेका बेला रुसले १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ । ‘तेह्र वटा आतङ्कबादी आक्रमण दर्ता भएका छन् । त्यस मध्ये १२ ओटा विफल भएका छन्, तिनीहरु तयारीकै क्रममा निस्तेज भएका हुन्’, एक सरकारी अधिकारीले भने ।
आतङ्कबादीहरुले सहयोग गरेको, उनीहरुले भर्ना गरेको र आतङ्कबादीहरुले आर्थिक व्यवस्थापन गरिदिएका घटनाहरु यस अवधिमा झण्डै ६० प्रतिशत भन्दा धेरै बढेको उनले जानकारी दिए ।
यसअघि सन् २०१६ मा कानुन कार्यान्वयन गराउने निकायहरुले १६ ओटा आतङ्कबादी आक्रमणहरुलाई असफल पारेका थिए ।
अप्रिलमा सेन्ट पेटेर्सबर्गमा भएको विस्फोटनमा १६ जनाको मृत्यु भएपछि रुसले आतङ्कवाद विरुद्धको कारबाहीलाई रणनीतिक तरिकाले थप बढाउदै लगेको छ ।
आतङ्कवादलाई आर्थिक सहयोग गर्ने विरुद्ध गरिएको र रसियाको अन्य मुलुकसँगको सम्बन्ध सुधारमा सहयोगी हुने अपेक्षा गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेर गत बुधबार सरकारले जारी गरेको आदेशमा रसिया आतङ्कवादलाई परास्त गर्न विश्व समुदायसँग सहकार्य गर्ने बताइएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी