
मस्को, १२ साउन । गत छ महिनाको अवधिमा आतङ्बादी गतिविधि बढिरहेका बेला रुसले १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ । ‘तेह्र वटा आतङ्कबादी आक्रमण दर्ता भएका छन् । त्यस मध्ये १२ ओटा विफल भएका छन्, तिनीहरु तयारीकै क्रममा निस्तेज भएका हुन्’, एक सरकारी अधिकारीले भने ।
आतङ्कबादीहरुले सहयोग गरेको, उनीहरुले भर्ना गरेको र आतङ्कबादीहरुले आर्थिक व्यवस्थापन गरिदिएका घटनाहरु यस अवधिमा झण्डै ६० प्रतिशत भन्दा धेरै बढेको उनले जानकारी दिए ।
यसअघि सन् २०१६ मा कानुन कार्यान्वयन गराउने निकायहरुले १६ ओटा आतङ्कबादी आक्रमणहरुलाई असफल पारेका थिए ।
अप्रिलमा सेन्ट पेटेर्सबर्गमा भएको विस्फोटनमा १६ जनाको मृत्यु भएपछि रुसले आतङ्कवाद विरुद्धको कारबाहीलाई रणनीतिक तरिकाले थप बढाउदै लगेको छ ।
आतङ्कवादलाई आर्थिक सहयोग गर्ने विरुद्ध गरिएको र रसियाको अन्य मुलुकसँगको सम्बन्ध सुधारमा सहयोगी हुने अपेक्षा गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेर गत बुधबार सरकारले जारी गरेको आदेशमा रसिया आतङ्कवादलाई परास्त गर्न विश्व समुदायसँग सहकार्य गर्ने बताइएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल