बर्लिन (जर्मनी), ११ साउन । आगामी सेक्टेम्बरमा हुने केन्द्रीय संसदीय निर्वाचन आउन झण्डै दुई महिना अघि गरिएको एक सर्वेक्षणले फेरी पनि जर्मन चान्सलर एन्जेला मर्केल नै सवैभन्दा बढी लोकप्रिय देखिनुभएको छ ।
निर्वाचनको करिब दुई महिनाअघि गरिएको एक सर्वेक्षणअनुसार चौँथो कार्यकालका उहाँ चान्सलर हुनसक्ने प्रतिवेदन बुधबार सार्वजनिक भएको छ ।
अनुदारवादी भगिनी पार्टीहरु क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियनले ४० प्रतिशत इलेक्ट्रोरल मत पाउने सर्वेक्षणले देखाएको छ । त्यसैगरी पूर्व राष्ट्रपति मार्टिन स्चुल्जको नेतृत्वको सोसियल डेमोक्रेटिक पार्टीले २२ प्रतिशत ल्याउने अनुमान गरिएको छ ।
अन्य उम्मेदवारको तुलनामा मर्केलबाट नै मतदाता सन्तुष्ट भएको पाइएको छ । १२ वर्षदेखि जर्मन चान्सलर रहनु भएकी मर्केललाई अहिले पनि ५२ प्रतिशत मतदाताको समर्थन रहेको छ ।
बामपन्थी पार्टी लिङ्कले नौ प्रतिशत, फ्रि डेमोक्रेटिक पार्टी र ग्रिन पार्टीले आठ प्रतिशत समर्थन पाएका छन् । त्यसैगरी दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनीले सात प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी