इस्लामाबाद, ९ साउन । पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटनमा परी सोमबार कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ४९ जनाभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार दिउँसो ४ बजेतिर विष्फोटन भएको समाचार दिएका छन् ।
पञ्जाव प्रान्तको राजधानी लाहोरको एउटा तरकारी बजार नजिकै सुरक्षाकर्मीहरूलाई लक्षित गरी विष्फोटन भएको थियो ।
विष्फोटनमा परी कम्तीमा चार जना प्रहरीको मृत्यु भएको र अन्य केही घाइते भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
घटनास्थलका केही भवनहरू, १० वटा मोटरसाइकल र एउटा सवारी साधन पनि विष्फोटनका कारण ध्वस्त भएका छन् ।
सुरक्षाकर्मी र उद्धारकर्ताहरूले घटनास्थलमा धेरै जनालाई उद्धार गरेका थिए । उनीहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ ।
घाइतेमध्ये सिकिस्त घाइतेलाई लाहोर अस्पतालमा उपचार गराइएको छ । अस्पतालहरूले दिएको जानकारीअनुसार सात जना गम्भीर घाइते भएका छन् ।
पञ्जाव प्रान्तका मुख्य मन्त्री शाहबाज शरिफले घटनाको भत्सर्ना गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।
पछिल्लो समाचारअनुसार घटनाको जिम्मेबारी पाकिस्तान तालिवान समूहले लिएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल