वासिङटन, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानाफर्टलाई अमेरिकाको सिनेट समितिले सुनवाइका लागि बोलाएको छ ।
उहाँहरु अमेरिकी सिनेटको समितिमा अर्काे हप्ता उपस्थित हुनुपर्ने भएको हो । उहाँहरुलाई आगामी जुलाई २४ सोमबारका दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाईका लागि बोलाइएको हो ।
सन् २०१६ को निर्वाचनका समयमा रुससँग गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका राष्ट्रपतिका जेठा छोरा र सो निर्वाचनका प्रमुख व्यवस्थापक पाउललाई सोही विषयमा बुझ्नका लागि बोलाइएको बताइएको छ ।
राष्ट्रपतिका छोराले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार पनि गरिसक्नुभएको छ ।
ती मेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गर्नुभएको छ ।
ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गर्नुभएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त