अङ्कारा, ४ साउन । टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरीमले ११ मन्त्री फेर्ने बुधबार घोषणा गर्नुभएको छ ।
हालै २७ सदस्यीय मन्त्रीमण्डलबाट उहाँले ११ मन्त्री परिवर्तन गर्न लाग्नुभएको बताइएको छ ।
राष्ट्रपति रेसिप तायिप एर्डोगानसँगको आकस्मिक भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल गर्ने घोषणा गर्नुभएको हो ।
नयाँ मन्त्रिपरिषद्मा पाँच जनालाई उपप्रधानमन्त्री बनाइएको छ । उपप्रधानमन्त्री हुनेहरूमा बेकिर बोज्डाग, मेहमेट सिम्सेक, फिक्रि इसिक, रिसिप अक्डाग र हाकान काभुसोग्लु रहनु भएको छ । उनीहरूमध्ये अहिले चार जनालाई मात्रै नियुक्त गर्नुभएको छ ।
स्थानीय समयानुसार बुधबार मध्याह्न १२ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच राजधानी अङ्कारामा रहेको राष्ट्रपति भवनमा आकस्मिक भेटवार्ता भएको थियो ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर