इस्ताबुल, ३ साउन । आतङ्कवादी समूहलाई सहयोग गरेको आरोपमा टर्कीको एक अदालतले मङ्गलबार ६ जना मानवअधिकारवादीहरुलाई हिरासतमा राख्न अनुमति दिएको छ ।
एम्नेस्टि इन्टरनेसनलका टर्कीका निर्देशकसहित छ जना मानवअधिकारवादीलाई केही दिनअघि हिरासतमा लिइएकोमा उनीहरुलाई थुनामा राख्ने थप समय अदालतले अनुमति दिएको जनाइएको छ ।
टर्कीको एक मानवअधिकारवादी संस्थाले यसलाई न्यायका नाममा भएको हास्यास्पद निर्णयको संज्ञा दिएको छ । उक्त संस्थाले टर्कीको सरकारले अहिले पनि धरपकड नरोकेको जनाएको छ ।
टर्कीका निर्देशक इलिद इसेरसहित सातजना मानव अधिकारदावीहरुलाई यही जुलाई ५ मा पक्राउ गरिएको थियो ।
मानवअधिकारवादी समूहका छ जना अझै हिरासतमा रहेका छन् । एकजनालाई भने पहिल्यै छोडिएको थियो ।
नियन्त्रणमा रहेका अधिकारकर्मीलाई रिहा नगरिएको एम्नेस्टि इनटरनेसनका टर्कीका अनुसन्धानकर्ता एन्डरेउले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ ।
टर्कीमा राष्ट्रपति रेसेप तायिप एन्र्डोगानको शासन सत्तामा सञ्चारकर्मी, मानवअधिकारवादी, वकिल, सेना र प्रहरीलगायत कैयौँलाई हिरासतमा राखिएको छ ।
टर्कीमा भएको असफल ‘कू’ को प्रयासको एक बर्षको समयमा पनि समाजका विभिन्न व्यक्तित्वहरुलाई पक्राउ गर्ने, सेवाबाट बर्खास्त गर्ने र सरकारको विरोधमा बोल्नेलाई मुद्दामामिला लगाउने कार्य जारी छ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल