लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले कवि दुर्गाप्रसाद पोख्रेललाई ‘अनेसास सुप्रमा पुरस्कार (२०१६)’ द्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ । सन् २०१६ को लागि ‘अक्षरका पाइलाहरु’ कविता संग्रह उत्कृष्ट कृति ठहर गर्दै पोख्रेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पोख्रेलका ‘अमृतका थोपा’ र ‘अक्षरका पाइलाहरू’ गरी दुई कृति प्रकाशित छन् ।
हरेक वर्ष बेलायतमा रहेर सृजना गरिएका कृतिहरूमध्ये एक उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी स्थापित उक्त ‘अनेसास सुप्रमा पुरस्कार’ यस अघि २०१३ मा कवि मुकेश राईलाई, २०१४ मा कवि केदार सुनुवार संकेतलाई तथा २०१५ मा कथाकार कृष्ण बजगाईंलाई प्रदान गरिएको थियो ।
बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धरबाट सन् २०१२ मा उनका बुवा स्व. सुन्दर प्रसाद मानन्धरको स्मृतिमा स्थापित सो पुरस्कारलाई कवि मानन्धरको स्वर्गारोहणपछि उनकी धर्मपत्नी जानकी मानन्धर तथा परिवारबाट निरन्तरता दिइएको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि