लन्डन । लन्डनका सफल युवा व्यवसायी दीपक श्रेष्ठले एनआरएनए यूकेको सातौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् । विभिन्न पदमा उम्मेदवारी घोषणाले तीव्रता पाइरहेका बेला हाल एनआरएनए यूके कोषाध्यक्ष एवं बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले उपाध्यक्षमा लड्ने जनाएका हुन् ।
श्रेष्ठले नवनिर्वाचित कार्यसमितिसंग सहकार्य गरि राष्ट्रिय कार्यक्रम ल्याउने, स्थानीय जनताका लागि आपतकालिन कोष स्थापना गर्ने, युवालाई आकर्षित गर्ने खालका कार्यक्रम र नेपालमा सामूहिक लगानी लैजान प्रेरित गर्ने आफ्नो योजना रहेको सुनाए ।
करिब दशक यता बेलायत बस्दै आएका श्रेष्ठ यसअघि एनआरएनए यूकेमा सदस्य थिए । कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष श्रेष्ठको सामाजिक संघसंस्थामा काम गरेको लामो अनुभव छ । च्यारिटीमा उनको सक्रियता पनि उत्तिकै छ ।
गौतम बुद्धको जन्मस्थल र उनको शान्ति सन्देश विश्वमाझ पुरयाउने एवं नेपालमा सामाजिक तथा कल्याणकारी कार्य गर्ने मुख्य उद्देश्य राखेर केही महिनाअघि गठन भएको उनी नेतृत्वको बुद्ध फाउण्डेशनले गत महिना बुद्ध वृद्धाश्रम बनाउन लन्डनमा विशाल च्यारिटी डिनर गरेको थियो । यसअघि सोही संस्थाले पहिलोपटक लन्डनको मुटु ट्राफलगर स्क्वायरमा वुद्ध जयन्ती मनाएर विश्वभरबाट चर्चा बटुलेको थियो ।
आर्थिक लेनदेन विषयमा पारदर्शी मानिने श्रेष्ठ कोषाध्यक्ष हुंदा एनआरएनए यूकेमा हजारौं पाउण्डको कारोवार भइसकेको छ ।
सन् २००७ मा बेलायत आएका श्रेष्ठ पासा पुचः गूठी यूके साउथ इष्ट लन्डनको पूर्व उपाध्यक्ष, रोयल ग्रीनवीच नेपलिज सोसाइटीका वर्तमान सल्लाहकार, यती एसोसिएसन यूकेका सल्लाहकारसहित कयौं सामाजिक संघसंस्थामा क्रियाशिल छन् । एउटा व्यवसायी भएर पनि श्रेष्ठको कल्याणकारी काममा झन् बढि सक्रियता छ । उनी संस्थामा लागेर लिन होइन, आफूले केही दिन सक्नुपर्छ भन्ने मान्यता राख्छन् । दिइएको जिम्मेवारी निरन्तर फलोअपसहित सम्पन्न गर्ने उनको दक्षतालाई धेरैले सफलताको कडी मानेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार