लन्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेले ‘वित्तीय व्यवस्थापन तथा युकेको कर प्रणाली’ विषयमा एक अन्तरकृया आयोजना गरेको छ । साउथ लण्डन एकेडेमी कलेज उलवीचमा शनिबार कार्यक्रम भएको हो । संस्थाका उपाध्यक्ष दिप गिरिले युकेमा विभिन्न पेशा, व्यवसायमा कार्यरत गैरआवासीय नेपालीहरुले निकै मेहेनत गरेर कमाएको पैसा कसरी बचत तथा लगानी गर्ने, जोखिमहरु के के हुनसक्छन, युकेको कर प्रणाली लगायत सबैले जान्नैपर्ने वित्तीय व्यवस्थापनको विषयमा जानकारी दिन सो अन्तरकृया आयोजना गरिएको बताए।
कार्यक्रममा भट्टराई एण्ड कम्पनी इमिग्रेसन प्राक्टीसका प्रिन्सिपल तथा जेम्स सोलिसिटर्सका कन्सल्टेन्ट दिपक भट्टराईले रियल स्टेट व्यवसायका बारेमा, रोजमाउन्ट फाइनान्सियल सलुसन्सका मोर्टगेज एण्ड प्रोटेक्सन एडभाइजर ऋषि खनालले मोर्टगेजसंबन्धी नियमहरुका बारेमा र नोमुरा एसेट म्यानेजमेन्ट लण्डनका इक्वीटी रिसर्च एनलिस्ट सशाङ्क प्रधानले स्टक मार्केटका विषयमा जानकारी दिएका थिए। त्यस्तै ब्रिटेननेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन कँडेलले नेपालमा लगानीका अवसर तथा चुनौतीका संबन्धमा अनि जीएनएस लिमिटेडका चार्टर्ड एकाउन्टेन्ट लेखनाथ घिमिरेले युकेको कर प्रणालीको विषयमा प्रस्तुति दिएका थिए।
सो कार्यक्रमको प्रायोजन गर्ने अमेरिकामा मुख्यालय रहेको सामाजिक व्यवसाय गर्ने कम्पनी सगुन लिमिटेडका प्रतिनिधि सन्तोष घिमिरेले सगुनका बारेमा जानकारी दिएका थिए। कार्यक्रममा सहभागीहरुको जिज्ञासामाथि संबन्धित विज्ञहरुले जवाफ दिएका थिए।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले संस्थाको उद्देश्य अनुसार सदस्य साथीहरु तथा स्थानीय नेपाली समुदायको आर्थिक वृत्तिविकासकालागि आयोजना गरिएको अन्तरकृया उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे। त्यसैगरी आगामी दिनमा शिक्षा क्षेत्रलाई केन्द्रित गरेर विश्वविद्यालय जाने उमेरका भाइबहिनीहरुलाई समेटेर कार्यक्रम गरिने जानकारी पनि फेरालीले दिए। उनले कार्यक्रममा आमन्त्रित वक्ता, सहभागी तथा अन्तरकृया आयोजना गर्न सघाउने सबै साथीहरुलाई धन्यवाद पनि दिएका थिए।
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’