लन्डन । छैठौं मिस यूके नेपाल प्रतियोगिता २०१७ को पहिलो अडिसनमा शनिबार ६ सुन्दरी सहभागी भए । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा अडिसन भएको हो ।
उक्त प्रतियोगिताको पहिलो अडिसनमा बर्मिङहमकी २२ वर्षीया सोफिया केसी, एन्डोभर निवासी १९ वर्षीया लिसा सुनार, प्लमस्टिड लन्डनकी २३ वर्षीया प्रकृति श्रेष्ठ, १७ वर्षीया करुणा भुषाल, उलवीचकी १८ वर्षीया सृष्टि केसी र नर्थहोल्ट लन्डनकी २३ वर्षीया सृजना गुरुङ सहभागी भएका आयोजक इभेन्ट्स एण्ड आइडियाज प्रोडक्सनकी निर्देशक शान्ति गुरुङले जनाइन् ।
पहिलो अडिसनको निर्णायकहरुमा लोकप्रिय गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, मिस यूके नेपाल २०१६ टेनिसा राना र रनरअप विभिया श्रेष्ठ थिए ।

उक्त कार्यक्रममा गायक कार्की र संगीतकार सन्तोषलाई मिस यूके नेपाल २०१७ की प्रमुख सल्लाहकार समाजसेवी
नन्दकुमारी गुरुङ र निर्देशक शान्ति गुरुङले पुष्प गुच्छाले स्वागत गरेका थिए । कार्यक्रम सपना श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।
शान्तिका अनुसार फाइनल अडिसन २२ जुलाइका दिन रेडिङस्थित बेइजिङ नुडल्स् हाउसमा मध्यान्ह १२ देखि २ बजेसम्म हुनेछ ।
मिस यूके नेपाल २०१७ को फाइनल आगामी सेप्टेम्बर १० मा एम्पायर हलमा हुने तय भएको छ । प्रतियोगिताको ग्रयाण्ड फिनालेमा मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफरका रुपमा सहभागी हुने आयोजकले जनाएका छन् ।
तस्विरहरुः इबी क्लिक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’