दोहा (कतार) ३१ असार । फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले पेरिस खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको शनिबार बताउनुभएको छ ।
‘कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी छ’, ले ड्रेनले कतारी समकक्षी शेख मोहम्मद विन अब्दुलरहमान अलथानीसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताउनुभयो ।
फ्रान्स कतारको खाडी क्षेत्रका अन्य केही छिमेकीसँग एक्कासी विग्रिएको सम्बन्धप्रति गहिरो चासो राखेको छ, कतारी इमीर शेख तमिम विन हमद अल थानीसँग पनि भेटी खाडी मुलुकको पछिल्लो सङ्कटकाबारेमा कुरा गरिसक्नुभएकाले ड्रेनले भन्नुभयो ।
फ्रान्सले समाधान खोज्न सबै सम्वद्ध खाडी मुलुकसँग अरब मुलुकबीचको तनाव कम गर्ने उद्देश्यले कुराकानी गरिसकेको उहाँले दावी गर्नुभयो ।
ले ड्रेन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थता अभियानमा चार दिनको खाडी मुलुकको भ्रमण र कुराकानी पछि बिहीबार फर्केपछि तय गरिएको कार्यक्रम अनुसार शनिबार कतार आउनुभएको हो । टिलरसनको खाडी बसाईले खासै उपलव्धि हाँसिल गर्न नसकेपछि ले ड्रेनले समस्या समाधानमा पहल गर्ने जनाउनुभएको हो ।
कतारी विदेशमन्त्रीले फ्रान्सले गर्ने पहलमा आफ्नो सहयोग रहने बताउदै वार्ता रचनात्मक रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
खाडीका चार मुलुकले आतङ्कवादलाई सघाएको भन्दै कतारसँग गत महिनादेखि कुटनैतिक सम्बन्ध विच्छेद् गर्नुका साथै खाद्यान्न लगायतका सामानको आपूर्तिमा दोहामाथि प्रतिबन्ध लगाएको छ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल