लन्डन । बेलायतस्थित पत्रकार चिरन शर्माले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएन अभियानमा लामो अनुभव र सक्रियताका कारण आइसीसी सदस्यका लागि आफूले उम्मेदवारी दिने निचोड बनाएको उनले बताए । एक विज्ञप्तिमार्फत शर्माले भनेका छन्, ‘देशमा मिडियामा लगानी बढाउन र सामाजिक कार्यलाई सक्रिय रुपमा अगाडि बढाउन उपयुक्त कार्ययोजनाहरु बनाउन सक्छौं, त्यसैले मेरो उम्मेदवारीप्रति सबै सकरात्मक हुने आशा राखेको छु ।’
शर्मा करिब डेढ दशकदेखि गैर आवासीय नेपाली संघ बेलायतमा प्रत्यक्ष परोक्ष संलग्न छन् । उनी पत्रकार महासंघ यूके शाखाका पूर्व अध्यक्ष पनि हुन् । बाग्लुङ, अमलाचौरका शर्मा हाल लन्डनबाट नागरिक दैनिकका लागि समाचार पठाउंछन् । उनले विगतमा एनआरएन यूरोपका क्षेत्रीय बैठकमा मिडिया संयोजक भइ महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको बताए ।
गैर आवासीय नेपाली संघ यूकेको सल्लाहकार रहेका शर्माले संगठनको केन्द्रीय नीति तथा अनुगमन समितिको सदस्यका रुपमा पनि योगदान गर्दै आएका छन् । उनले आफू एनआरएनए यूकेको कार्यसमितिमा रहेर काम गर्दा सदस्यताका लागि ५ पाउण्डमा आजिवन सदस्य बनाउने निर्णय गराउन सफल भएको दावी गरे ।
नेपाल ब्रिटेन डटकम मार्फत गैर आवासीय नेपाली संघको विषयमा नियमित कलम चलाइरहेका शर्मालाई कतिपयले संघको भावी प्रवक्ताका रुपमा समेत चित्रित गरेका छन् ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि