न्यूयोर्क । मौलिक कथावस्तुमा आधारित ५ वटा वृत्तचित्र देखाउँदै काठमाण्डौ माउन्टेन फिल्म फेष्टिबल घुम्ती किम्फ न्यूयोर्कमा सम्पन्न भएको छ ।
हिमाल एशोसिएसन नेपाल र न्यूयोर्कबाट प्रकाशित एभरेष्ट टाइम्सको आयोजनामा घुम्ती किम्फको तेश्रो संस्करण सम्पन्न भएको हो । किम्फमार्फत नेपाली मौलिक कला संस्कृतिमा आधारित रहेर बनाइएका वृत्तचित्रले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने स्थानिय आयोजक एवं एभरेष्ट टाइम्स दैनिकका प्रधान सम्पादक आङछिरिङ शेर्पाले बताए ।
किम्फबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु विद्यालयलाई सहयोग गरिने शेर्पाले जानकारी दिए । किम्फमा पत्रकार देवकी विष्टको इन सर्च अफ देउकी, उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेको वियोण्ड द ह्वाइट क्यान, ज्योति केशरसिंह ठकुरीको भुषको लोग्ने, घनश्याम खतिवडाको बाह्रखरी लौरो र रघुवर नेपाल र शिवशरण कोइरालाको ‘मेला’ प्रदर्शन गरिएको थियो । वृत्तचित्र इन सर्च अफ देउकीले विगतमा सुदुर पश्चिममा मानिने देउकी प्रथा, मन्दिरमा चढाइएकी देउकी महिलाहरु कतिको सम्मानित जीवन बाँचेका छन् भन्ने विषय उठान गरिएको छ । कानुनले देउकी प्रथा हटाए पनि यो प्रथा अझै लुकीछिपी प्रचलनमा रहेको कुरा देखाइएको छ ।
दृष्टिविहिनको संघर्ष र उसको आत्मनिर्भरताको कुरालाई वृत्तचित्र ‘वियोण्ड द ह्वाइट क्यान’ मा समेटिएको छ । दृष्टिबिहीन भएर पनि अरु सपांगजस्तै आफ्नो परिवार पाल्न सक्षम एक दृष्टिविहिनको कथाले अरुलाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।
त्यस्तै, ‘भुषको लोग्ने’ वृत्तचित्रले महिलाको पाठेघर खस्ने समस्या देखेपछि शारिरीक रुपमा कमजोर हुँदा श्रीमानले श्रीमतीमाथि गर्ने विभेद उजागर गरेको छ । वृत्तचित्रले रोग लुकाएर बसे समस्या निम्तनेतर्फ सचेत गराउँदै बेलैमा उपचार गर्न सुझाव दिएको छ । अपांगता भएका एक शिक्षकले शिक्षाको ज्योति फैलाउनका लागि गरेको योगदान र उसको क्षमताको बारेमा निर्मित वृत्तचित्र ‘बाह्रखरी लौरो’ ले शिक्षाको ज्योति फैलाउनका लागि अपांगता भएका व्यक्ति पनि उत्तिकै सक्षम र सफल छन् भन्ने सकारात्मक सन्देश दिएको छ । अपांगता भएका शिक्षकको प्रयासले गाउँका धेरै बालबालिकाले पढन पाएको वृत्तचित्रमा हेर्न सकिन्छ । त्यस्तै, ‘मेला’ ले बारा जिल्लामा लाग्ने चर्चित गढीमाइ मेलाको बारेमा देखाएको छ ।
किम्फमा उपस्थित दर्शकहरुले नेपाली समाजमा विद्यमान समस्यामा आधारित यस्ता वृत्तचित्रले नेपाली समाजका समस्या बाहिर ल्याउने भएकोले बिदेशमा यस्तो प्रदर्शनी आयोजना गरेकोमा खुशी व्यक्त गरेका थिए । यसअघि आयोजना गरिएका घुम्ती किम्फबाट संकलित रकम सोलुखुम्बुको चागेस्थान माध्यमिक विद्यालय केरुङ र गार्माको सेर्गा वागाम प्राथमिक विद्यालयलाई प्रदान गरिएको आयोजक शेर्पाले जानकारी दिए । सबैको सहयोगका कारण किम्फ सफल भएको भन्दै उनले वृत्तचित्र निर्माता, हिमाल एशोसिएसनका संयोजक लगायत आयोजक टिम लगायत, सम्पूर्ण दर्शकहरुलाई सहभागिताका लागि धन्यवाद दिए ।
घुम्ती किम्फ २०१५ मा हङकङबाट शुरु भएको हो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने