पेरिस, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जलवायु परिवर्तन तथा व्यापारमा उदारीकरणका बिषयमा देखिएको विवादबीच कुटनैतिक कदम अघि बढाउन बिहीबार उहाँ पेरिस आउनुभएको छ ।
उहाँ पेरिसमा रहँदा विश्वभर सुरक्षा कायम गर्न र आतङ्कवाद विरुद्ध सङ्घर्ष गर्ने बिषयमा साझा आधार बनाउन यहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोँसहित उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्नुहुने बताइएको छ । बिहीबार म्याक्रोँले फ्रान्सका सैनिक अधिकारीसँग दिवाभोजमा समेत सरिक हुनुहुनेछ । बिहीबार नै ट्रम्पले लेस इनभालिडेस सैनिक सङ्ग्राहलयमा दुई नेताबीच भेट हुनेछ । त्यसपछि अमेरिकी राष्ट्रपति र म्याक्रोंबीच आतङ्कवाद विरुद्धको सङ्घर्षमा सहभागी हुने कार्यक्रम छ ।
वासिङ्टनको पेरिस सम्झौताबाट फिर्ता आउनेभन्ने निर्णयको कट्टर आलोचक म्याक्रोँले अमेरिकी राष्ट्रपतिलाई जलबायु परिवर्तनबाट आएका समस्यालाई नियन्त्रणमा लिने प्रयासमा भएको अमेरिकी निर्णयबारे सोच्न दवाव दिनुहुने एलिसी निकट श्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्ययमले जनाएका छन् ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण