
क्वाजाकोलस (मेक्सिको), २८ असार । मेक्सिकोमा बितेका केही वर्षयतादेखि पत्रकार मारिने क्रम बढ्दो मात्रामा रहेको छ । यसलाई पत्रकारिता र नागरिक अभिव्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घसंस्थाले निकै दुःखद र गम्भीर अवस्था भनेका छन् ।
साल्भादोर आदामे नामका एकजना पत्रकारलाई अपहरणपछि हत्या गरिएको दुई हप्तापछि नै फेरि अर्का एकजना होन्डुरसका विदेशी पत्रकार पनि मेक्सिकोमा मारिएका छन् । यो अवस्थालाई अधिकारवादीहरुले चिन्तापूर्ण अवस्था भनेका छन् ।
होन्डुरसका एकजना पत्रकार गएको केही महिनायतादेखि मेक्सिकोको कारजाम प्रान्तमा बस्दै आएका थिए । उनले मेक्सिकोमा नै शरण मागिरहेका थिए । तर उनलाई सोही प्रान्तमा नै सोमबार हत्या गरिएको छ ।
शरण मागेर बसेका उनले स्थानीय एक टिभीमा काम गरिरहेका थिए । एडबिन रिभरे पाज नामका ती पत्रकारलाई उक्त राज्यको अकिक्यान नामक शहरमा बन्दुकधारीहरुले सोमबार दिउँसै हत्या गरेका थिए । सो जानकारी उक्त शहरबाट पत्रकार र अधिकारवादीहरुले दिएका छन् ।
उनले स्थानीय टिभीमा फोटो पत्रकारका रुपमा काम गरिरहेका थिए । उनी यसवर्ष मारिने सातौँ पत्रकार हुन् । यसअघि गत दुई हप्तामा सोही राज्यमा नै एकजना टिभी पत्रकारको गोली हानी हत्या गरिएको थियो ।
यहाँ सन् २००० यता उनी समेतगरी १०० जनाभन्दा बढी पत्रकार मारिएका छन् । मेक्सिको पत्रकारका लागि विश्वकै एक अति जोेखिमयुक्त देशका रुपमा रहेको छ ।
पत्रकार भएकै कारण मारिएका उनीहरुको हत्याराको खोजी भने हुने गरेको छैन । पत्रकारमाथि मेक्सिकोमा ठूलो हत्याहिंसा हुने गरेको भए पनि यसको आवश्यक सुनुवाई कुनै निकायबाट नहुँदा दण्डहीनता झन बढ्दै गएको पत्रकारहरुको गुनासो छ ।
पत्रकारको हक अधिकारको संरक्षणमा कार्यरत संस्थाहरुद्वारा प्रकाशित एक प्रतिवेदनमा पत्रकार हत्याका कम्तीमा पनि ९० प्रतिशत घटनामा सम्लग्नमाथि कारबाही हुने गरेको छैन ।
मेक्सिकोका लागि होन्डुरसका एकजना कन्सुलर राउल ओटेनियल मोराजिनले यो हत्याको छानबिन गरी दोषीमाथि कारबाही गर्न मेक्सिकोको सरकारसँग आग्रह गर्ने बताउनुभयो ।
उहाँले गएको जनवरीमा पनि एकजना होन्डुरियन पत्रकारको मेक्सिकोमा नै हत्या भएकोमा अहिलेसम्म हत्यारा पत्ता नलगाइएको भन्दै यो पछिल्लो हत्यामा संलग्नलाई पनि कडाभन्दा कडा कारबाहीका लागि आफूले माग गर्ने बताउनुभयो ।
रिपोर्टर्स विदाउट बोर्डरका अनुसार मेक्सिको विश्वमा पत्रकारको हत्या हुने देशको उच्च जोखिममा पर्दछ । सो संस्थाका अनुसार पत्रकारमाथि हुने हिंसाको विश्व सूचीमा मेक्सिको तेस्रो स्थानमा पर्दछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा