लन्डन । महिना दिन अघि देखि नै बेलायतमा महिलाहरुको महान पर्व तीजको रमझम शुरु भइसकेको छ । कार्यक्रम तय देखि अहिले तीजसंग सम्वन्धित गीतमा धमाधम म्यूजिक भिडियो बन्ने क्रम बढेको छ ।
यसै सिलसिलामा मंगलबार एक हुल महिला लन्डन ब्रीजमा देखिए रातो साडी, ब्लाउज र गरगहनामा सजिएर । ति महिलाको आकर्षक पहिरनले विदेशीलाई झन् आकर्षित गरयो र त्यो दृश्य घुम्न आएका पर्यटकको क्यामेरामा कैद भए ।
केहीले त रातै पहिरनमा सजिएका महिलालाई कुन देशको र के प्रयोजन भन्दै जिज्ञासा समेत राखे । आइकोनिक संरचना वरपर नेपाली संस्कृति झल्काउने गरि तीज गीतमा सुटिंग गरिएको यो सम्भवतः पहिलो भएको र यसले नेपालको कला संस्कृति प्रवर्धनमा समेत टेवा पुगेको म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठले बताए ।
बेलायत अल्डरसट निवासी लिला विश्वकर्माको शब्द र गायिका जिना रसाइलीको स्वर रहेको ‘तीजमा बरिलै…’ गीतमा भिडियो बनाइएको हो । भिडियोमा कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन एवं सुस्मिता थापाको नृत्य निर्देशन छ । गीतकी रचनाकार लिला विश्वकर्मा छायांकनकै क्रममा विदेशीले चासो राख्दा दंग देखिन्थिन् ।
यसअघि इन्डोर सुटिंग अल्डरसटको भेटघाट रेष्टुरेन्ट र उलवीच हिन्दू मन्दिरमा गरिएको थियो । भिडियोमा पण्डित निलहरि घिमिरे, शान्ति थापा कुंवर र प्रसुना कंडेल अतिथी भूमिकामा छन् भने अरु दर्जन बढि महिलाको अभिनय छ । भिडियो छायांकनका क्रममा सेट निर्माणका लागि नमस्कार इभेन्ट्सले विशेष सहयोग गरेको थियो । यसमा विष्णु ज्वेलर्सको समेत सहयोग छ ।
निर्देशक श्रेष्ठले म्यूजिक भिडियो केही दिनभित्रै रिलिज गरिने बताए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार