
लन्डन । लन्डनस्थित हिलिङडन बरोले ८ जुलाई शनिबार आयोजना गरेको हेज कार्निभलमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहयो । स्थानीय बरोमा क्रियाशिल
एकमात्र नेपाली संस्था हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको नेतृत्वमा सयौं नेपाली र गोर्खा परिवार कार्निभलमा सहभागी
भए ।
कम्युनिटीको यो लगातार चौंथो सहभागिता हो । यसअघि लगातार तीनपटक पुरस्कार जितेको उक्त कम्युनिटीले यसपटक भने सांसद जोन म्याकडोनलकै आग्रहमा प्रतियोगी नभइ सहभागितामात्र जनायो । अरु समुदायलाई समेत अवसर प्रदान गर्न सांसदको उक्त अनुरोध आएको कम्युनिटीले जनाएको छ । सांसदले नेपालीको सहभागिताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
हेज कार्निभलकी संयोजक एवं काउन्सिलर लायन समरले पहिलोपटक नेपालीहरुलाई मौलिक भेषभुषामा देख्दा खुशी लागेको बताइन् । नेपाली वृद्धवृद्धा देखि किशोर किशोरीसमेत आकर्षक भेषभुषा र गरगहनामा सजिएर कार्निभलमा सहभागी भएको कम्युनिटीकी उपाध्यक्ष अन्जना गुरुङले बताइन् ।
उता, कम्युनिटीले त्यसैदिन वार्षिक समर भेटघाट गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी थिए सांसद जोन म्याकडोनल । सांसद म्याकडोनलले कम्युनिटीका अध्यक्ष तेज पुन र संरक्षक सूर्य इम्सोङसंग संस्थालाई हेज एरियामा एउटा अफिस उपलव्ध गराउने आश्वासन दिएका छन् । संस्थाले विगत देखि नै कार्यालय उपलव्ध गराइदिन आग्रह गर्दै आएको थियो ।
उक्त वार्षिक भेटघाट कार्यक्रम छत्रसिंह लिम्बुले सञ्चालन गरेका थिए ।
यसैबीच, कम्युनिटीले महिलाहरुको महान चाड तीज मनाउने भएको छ । आगामी अगष्ट १२ का दिन तीज फेस्टिबल गर्न लागिएको हो जसको संयोजन उपाध्यक्ष अन्जना गुरुङले गर्दैछिन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा