लन्डन । बेजिङस्टोक नेप्लिज कम्युनिटीले गत ७ जुलाई शुक्रबार सांझ तनाव ब्यवस्थापनसम्बन्धि एउटा सेमिनार गरेको छ । सामाजिक महिला अभियन्ता सुधा गुरुङको पहलमा कार्यक्रम भएको हो ।
छात्रवृत्ति लिएर लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मानवअधिकार विषयमा स्नातकोत्तर गर्न आएका कान्तिपुरका पत्रकार एवं मनोविज्ञ घनश्याम खड्काले सेमिनार गराएका हुन् । जीवनमा तनावमुक्त रहि कसरी खुशी रहन सकिन्छ ? भन्नेबारे सेमिनार गरिएको हो । लगभग ९० जना सहभागी उक्त कार्यक्रम सांझ दुई घण्टा चलेको थियो । सेमिनारमा मनोविज्ञ खड्काले तनाव हुनाको कारण र सोबाट मुक्त हुन विविध थेरापी र मेडिटेसन विधिबारे अवगत गराए ।
कम्युनिटीले व्यस्तता बाबजुद समय दिएकामा खड्काप्रति आभार व्यक्त गरेको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकमा कानुन बिट हेर्ने वरिष्ठ सह सम्पादक खड्काको मनोविज्ञान सम्वन्धि उपन्यास ‘निर्वाण’ २०७३ मा मदन पुरस्कार लागि मनोनित भएको थियो । ‘बेस्ट सेलर’ को उपाधि पाएको उनको सो कृति हाल अंग्रेजी भर्सनमा पनि प्रकाशित भइसकेको छ र अमाजोनमा किन्ड्ल भर्सनमा पनि उपलब्ध छ ।
पेशाले व्यवसायिक पत्रकार भए पनि बुद्धिज्मका अनुयायी खड्काको मनोविज्ञानतिर विशेष झुकाव छ । खड्काले नेपालमा पनि कयौं तनाव व्यवस्थापन सेमिनार र ‘काउन्सिलिङ’ गरिसकेका छन् । लिड्स युनिभर्सिटीमा समेत स्वयंसेवी रुपमा सो कार्य गर्दै आएको उनले बताए ।
१४० राष्ट्रका एक हजार ९ सय ५० जना स्कलर्समध्येबाट छानिएर लिड्स विश्वविद्यालय पढ्न आएका खड्का गत ५ जुलाइमा लन्डनको अलेक्जेन्डर हलमा आफूहरुको सम्मान तथा सामूहिक विदाई कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय मानवअधिकार विषयमा स्नातकोत्तर अध्ययन सफलता पूर्वक सम्पन्न गरी केहि महिना पछि खड्का नेपाल फर्कनेछन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार