ह्यामवर्ग (जर्मनी), २५ असार । जर्मनीको ह्यामवर्गमा विश्वका शक्तिशाली तथा धनी मुलुकहरूको समूह जि–२० समूह राष्ट्रका नेताहरू जम्मा भै आतङ्कवाद,जलवायु परिवर्तन, विश्व व्यापार लगायतका बिषयमा छलफल गरिरहँदा जर्मनीमा सरकार विरोधी केही समूहले प्रदर्शन गर्ने क्रममा सम्भावित दुर्घटना हुनबाट जोगाउन तैनाद करिब ५०० सुरक्षाकर्मी घाइते भएका जर्मनीका सुरक्षा अधिकारीले आइतबार जनाएका छन् ।
जि–२० शिखर सम्मेलनमा सहभागी भै विश्व नेताहरू जर्मनीबाट फिर्ता भएपछिपनि आन्दोलन शान्त नबनेको अधिकारीले जनाएका छन् ।
जर्मनीमा वामपन्थी समूह सहितका केही समूह तीन दिनदेखि सडकमा विशाल प्रदर्शनकासाथ सरकार विरुद्ध नाराबाजी गर्ने क्रममा शनिबार पनि सम्मेलनको आयोजनास्थल रहेको स्कान्जेन जिल्लामा प्रदर्शन गर्ने आन्दोलनकारीले प्रहरीमाथि शिशाका बोतलले सडकमा गुडिरहेका गाडीमाथि आक्रमण गरेका र प्रहरीले उनीहरूलाई सडकबाट हटाउने क्रममा व्यापक बलको प्रयोग गरेको थियो ।
प्रदर्शनकारीतर्फ के कति घाइते बने भन्ने बिषयमा भने अझै विवरण प्राप्त नभएको बताइएको छ ।
स्कान्जेन क्षेत्र जर्मनीमा सक्रिय समाजवादी समूह (वामपन्थी) को पकड क्षेत्र हो ।
जर्मन राष्ट्रपति फ्रयान्क वाल्कर स्टन्मेयरले प्रदर्शनका क्रममा तोडफोड भएको क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले उक्त अवसरमा घाइते अधिकारीलाई पनि भेट्नु भएको थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने