
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन निर्धारित समयमा नहुने भएको छ । बेलायतमा विभाजित कांग्रेसीहरुको एकता अधिवेशन यसअघि जुलाई २२ मा तय भएको थियो ।
आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न बैठकले नेपाली कांग्रेस केन्द्रसंग परामर्श गरि १७ सेप्टेम्बर आइतबारका दिन अधिवेशन गर्ने निर्णय गरेको हो । स्थान भने पछि तोकिनेछ ।
अधिवेशन तयारी समितिका पदाधिकारीहरु लोक गुरुङ्ग, विज्ञान प्रसाईं र विनोद मोक्तान, निर्वाचन समितिका संयोजक डा. सम्पूर्णानन्द ढुंगाना, योगेन क्षेत्री, शेर सुनार तथा विधान समितिका संयोजक शिवजी श्रेष्ठ लगायत सदस्यहरु सहभागी बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा निर्वाचन समिति, विधान समिति तथा अधिवेशन तयारी समितिले गरेका कार्यप्रगति र भावी योजनाबारे उपस्थित जनसम्पर्क समितिका पदाधिकारीहरु उपाध्यक्ष युवराज गुरुङ्ग र महासचिव राजकुमार त्रिपाठी, सहमहामन्त्री तर्कजंग गुरुङ्ग, डा. मिन रानाभाट, क्षेत्रीय सभापति सूर्य नेम्वांग, हितकाजी गुरुङ्ग, कार्यसमितिका सदस्यहरु तस्विर लामा, महेश दाहाल, कुश बस्नेत, नरकुमारी लिम्बु, विनय अधिकारी, रोमियन लिम्बु, रितेश पाण्डे, तेज राई लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
सो मितिमा अधिवेशन गर्न नसके नेपाली जनसम्पर्क समिति, बेलायतको सम्पूर्ण समितिहरु स्वत भंग हुने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन तयारी समितिले विगतमा गरेको निर्णय बमोजिम हाल कायम क्रियाशिल सदस्यहरुले मतदान गर्न पाउनेछन् । विधान बमोजिम योग्यता पुगेका साधारण सदस्यहरुले समेत मतदानमा भाग लिन पाउने बताइएको छ । मतदानमा भाग लिन योग्य साधारण सदस्यहरुले समितिले तोकेको शुल्क तिर्न मन्जुर भइ शुल्क बुझाएमा साधारण सदस्यहरु पनि क्रियाशिल सदस्यता प्राप्त गर्न योग्य हुनेछन् ।
बैठकले साधारण सदस्यता शुल्क ५ पाउण्ड तोेकेको छ । साधारण सदस्यता वितरण हाल कायम रहेको क्षेत्रीय सभापतिले जिम्मा लिनेछ । साथै तयारी समितिमा संयोजक एवं सदस्यहरुले समेत सदस्यता वितरणको जिम्मेवारी लिनेछ । समितिको अधिवेशन आतिथ्य तथा व्यवस्थापन समिति चिरन्जिवी ढकालको संयोजकत्वमा हुनेछ भने नरकुमारी लिम्बु, राजेन्द्र सुवेदी, शान्तविनोद लामिछाने, प्रवेश केसी, तस्विर लामा, विश्व घिमिरे, रितेश पाण्डे, कुश बस्नेत, शिव तिमिल्सिना, बेद पराजुली, रोमियन लिम्बु, सुनिल गुरुङ्ग, तेजबहादुर राई, विनय अधिकारी, वेद लावतीसहितको उप समिति बनाउने निर्णय बैठकले गरेको छ ।
लोक गुरुङ्ग सन् २००९ यता सभापति पदमा टांसिएको टासियै छन् । बेलायतमा सबैभन्दा कमजोर, विवादास्पद र निरिह संगठनका रुपमा जनसम्पर्क समिति बेलायतलाई लिइन्छ ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने