
चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन चिनियाँ जनवादी क्रान्ति स्मृति संग्राहलयको अवलोकन भ्रमण गर्नुहुँदै । तस्बिर सौजन्य ः उपराष्ट्रपतिको कार्यालय-रासस
चीन, २४ असार । चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन सान्सी प्रान्तको यान्नानको भ्रमणमा हुनुहुन्छ ।
कान्सु प्रान्तको लान्चौमा आयोजित दुईवटा औपचारिक कार्यक्रमलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभएका उपराष्ट्रपति पुन शनिबार लान्चौ न्यू एरियाबाट सियान हुँदै यान्नान पुग्नुभएको हो ।
उहाँले आज यान्नानमा रहेको चिनियाँ जनवादी क्रान्ति स्मृति संग्रहालय र जनवादी क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय रहेको स्थानको अवलोकन भ्रमण गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सङ्ग्रहालयमा चिनियाँ क्रान्तिको चरणमा माओत्सेतुङले प्रयोग गर्नुभएका सामग्री र चिनियाँ जनवादी क्रान्ति स्मरण गराउने सामग्री राखिएका छन् ।
माओत्सेतुङले यान्नानलाई आधार बनाएर चिनियाँ जनवादी क्रान्ति अगाडि बढाउनुभएको थियो । क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय, शीर्ष नेताहरुको निवास भवन, माओत्सेतुङको पत्रपत्रिका पढ्ने स्थानलगायतका अवशेषहरु सुरक्षित राखिएका छन् ।
उपराष्ट्रपति पुनसँग शनिबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी ‘सिपिसी’ का सान्सी प्रान्तका स्थायी समिति सदस्य तथा यान्नान नगरका सेक्रेटरी शु शिनरोङले शिष्टाचार भेट गर्नुभयो ।
भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपतिसँगको भेटमा सिपिसीका यान्नान नगर प्रमुख शिनरोङले माओत्सेतुङ हुनानमा जन्मे पनि माओ विचारधारा यान्नानबाट जन्मिएको बताउनुभयो । उहाँले आफूहरु नेपालसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उपराष्ट्रपतिले आइतबार यान्नान प्यागोडा हिल र सियानको भ्रमण गर्नुहुनेछ । उहाँ सोमबार दिउँसो साताव्यापी चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुनेछ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने