ह्यामवर्ग (जर्मनी), २४ असार । जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विशाल तर शान्तिपूर्ण विरोधस्वरुप आज तेस्रो दिन पनि प्रदर्शन भएको छ । प्रदर्शन शान्तिपूर्ण भनिएपनि केही ठाउमा सामान्य भडपका घटना भने भएका छन् ।
प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधि नारा लगाउदै र आफ्नो समूहका झण्डा फहराउदै शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए ।
प्रदर्शनका क्रममा केहीले हेल्मेट निकालेर विरोधका स्वर गीत तथा सङ्गीतमार्फत शहरमा नाच्दै परिक्रमा गरेका थिए भने प्रहरीले उनीहरूलाई पछ्याइरहेका दृश्य देखिन्थे ।
जर्मनीको ह्याम्वर्गमा जी–२० सम्मेलनका विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उहाँको आबास गृहमै घेराबन्दीमा पारेका थिए ।
“ह्यामवर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन,” उहाँको प्रवक्ता स्टेफन ग्रिशामले भन्नुभयो ।
शुक्रबार प्रहरीले प्रदर्शनकारीहरूलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृत र प्रदर्शनकारी घाइते भएका थिए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने