ह्यामवर्ग (जर्मनी), २४ असार । जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विशाल तर शान्तिपूर्ण विरोधस्वरुप आज तेस्रो दिन पनि प्रदर्शन भएको छ । प्रदर्शन शान्तिपूर्ण भनिएपनि केही ठाउमा सामान्य भडपका घटना भने भएका छन् ।
प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधि नारा लगाउदै र आफ्नो समूहका झण्डा फहराउदै शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए ।
प्रदर्शनका क्रममा केहीले हेल्मेट निकालेर विरोधका स्वर गीत तथा सङ्गीतमार्फत शहरमा नाच्दै परिक्रमा गरेका थिए भने प्रहरीले उनीहरूलाई पछ्याइरहेका दृश्य देखिन्थे ।
जर्मनीको ह्याम्वर्गमा जी–२० सम्मेलनका विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उहाँको आबास गृहमै घेराबन्दीमा पारेका थिए ।
“ह्यामवर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन,” उहाँको प्रवक्ता स्टेफन ग्रिशामले भन्नुभयो ।
शुक्रबार प्रहरीले प्रदर्शनकारीहरूलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृत र प्रदर्शनकारी घाइते भएका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी