ह्याम्बर्ग, २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँको यो भ्रमण विवादास्पद भइरहेको थियो । उहाँ बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन ।
साथै उहाँले उक्त भ्रमणका क्रममा बेलायतसँग ब्यापारिक सम्झौता पनि गर्नुहुने समाचारमा जनाइएको छ ।
जर्मनीको ह्याम्बर्गमा जारी रहेको जी–२० को बैठकमा सहभागी हुन त्यहाँ रहनुभएका राष्ट्रपति राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर एञ्जिला मार्केलसँग शनिबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले सो जानकारी दिनुभएको हो ।
सो द्विपक्षीय वार्ताका क्रममा उहाँले भन्नुभयो ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने हो र त्यस क्रममा दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर गर्ने हो ।
उक्त सम्झौताले आगामी दिनमा अमेरिका र बेलायतका पक्षमा मात्र नभई यसबाट युरोपेली युनियनसँगको सम्बन्धमा पनि महत्वपूर्ण प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो ।
तर सो भ्रमणको समय कहिले हो भन्ने बारेमा भने उहाँले केही बताउनुभएन । उहाँले भन्नुभयो‘म बेलायतको भ्रमणमा जाँदैछु र दिन कुन हो भन्ने बारेमा अमेरिकाले काम गरिरहेको छ ।’
यसअघि सो भ्रमणको बारेमा अन्यौल रहेको थियो । पछिल्ला केही महिना यता बेलायतमा सानातिना आतङ्ककारी हमलाहरु भइरहेका छन् ।
ती हमलामा लन्डनका मेयरको क्षमताको प्रश्न राष्ट्रपति ट्रम्पले उठाउनुभएको छ । जसका कारण लन्डनबासी मुस्लिम नागरिकमा उहाँका विरुद्धमा आक्रोस जागेको देखिएको बताइएको थियो ।
त्यसै कारणले राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्न नचाहनुभएको प्रश्न गर्ने गरिएको थियो । तर उहाँको शनिबारको यो अभिव्यक्तिपछि भने भ्रमण निश्चित प्राय भएको बताइएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने