हम्बर्ग (जर्मनी), २३ असार । जर्मनीको हम्बर्गमा जी २० विरुद्ध प्रदर्शन गर्नेहरुले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उहाँको आबासगृहमै घेराबन्दीमा पारेका छन् ।
राजनीतिक नेताहरुका श्रीमतीहरुका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको ट्रम्पका प्रवक्ताले जानकारी दिनुभयो ।
“हम्वर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरुलाई सजिलैसँग हटाउन सकेन,” उहाँको प्रवक्ता स्टेफन ग्रिशामले भन्नुभयो ।
जलवायु केन्द्रमा जानुको सट्टा प्रथम महिलाहरु जलवायु बैज्ञानिकहरुको प्रस्तुतिका लागि हम्वर्ग होटल जाँदै हुनुुहुन्थ्यो ।
जर्मनीको समाचार संस्था डिपिएले ४७ बर्षीया ट्रम्प शुक्रबार अन्य भ्रमणहरुमा निस्कन पाउनु भएन ।
प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृतहरु र प्रदर्शनकारीहरु घाइते भएका छन् ।
प्रदर्शनकारीहरुको प्रदर्शन शुक्रबार विहानै देखि सुरु भएको थियो । कारहरुमा आगजनी गर्ने, झ्यालहरु तोडफोड गर्ने, प्रहरीको हेलिकोप्टरमा आगो फाल्ने र क्यानडाका सहभागीको कारमा धम्की दिने लगायतका कार्य प्रदर्शनकारीहरुले गरेका थिए ।
प्रदर्शनकारी र प्रहरीले कुकुर र विरालो झै लुकामारी गर्दै अवरोध तथा सुरक्षा प्रदान गर्ने काम गरिरहेका थिए र नेताहरुलाई सम्मेलन स्थलमा पुग्न रोकीरहेका थिए ।
शुक्रबार मात्रै सुरु भएको दुई दिने सम्मेलनका लागि झण्डै २० हजार प्रहरी अधिकृतहरु खटाइएको थियो । उनीहरुसँग हेलिकोप्टर, पानीको फोहोरा हान्ने ट्रक र निगरानी गर्ने ड्रोनहरु पनि रहेका थिए ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल