बर्लिन (जर्मनी), २३ असार । जी–२० सम्मेलनको आयोजक राष्ट्र जर्मनीका चान्सलर एङगेला मर्केलले यही जुलाई ७ र ८ गते हुने सम्मेलनको पहिलो एजेन्डा आतङ्कवाद विरुद्धको लडाईंलाई बनाउदै सम्मेलनको शुरुवात हुने भएको मर्केलका प्रवक्ता स्टेफेन सेवर्टले कार्यक्रम तालिकामा जनाइएको बताउनु भएको छ ।
सम्मेलनमा मर्केलले जर्मनीको ह्यामवर्ग शहरको मेस्सहोलेन कम्प्लेक्समा जी–२० सदस्य राष्ट्रका राष्ट्रप्रमुखलाई औपचारिक स्वागत गर्दै स्वागत गरिने छ । सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्व नेता ह्यामवर्ग आउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीको ह्यामवर्गमा जी–२० सम्मेलनको शिलशिलामा शुक्रबार भेट भएको छ ।
मर्केलको स्वागत सम्बोधनपछि शुक्रबार करिब साढे दुई घण्टा पहिलो कार्यसूचीमथि विश्व नेताहरूबीच आतङ्कवाद विरुद्धको सङ्घर्षका लागि निकट वातावरणमा रहेर छलफल हुनेछ । छलफलका अन्य प्रमुख बिषय विश्वव्यापी प्रगति र व्यापार, दीगो विकास, जलवायु परिवर्तन र उर्जा रहने पनि मर्केलका प्रवक्ता स्टेफेनले बताउनुभयो ।
यसैबीच प्रस्तुत कार्यपत्रमा अन्य मुलुकले सामान्य सहमति जनाइसकेका भएपनि तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफूले शुक्रबार दिवाभोजपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने तर जलवायु परिवर्तन, दीगो विकास र उर्जाबारे हुने छलफलमा सरिक नहुने बताउनुभएको छ ।
ट्रम्पले आफू जलवायु परिवर्तनका बिषयमा एक्लिए पनि विश्व समुदायलाई भने निकटमा आउन सहयोग गरेको जर्मनीका वातावरण मन्त्री बारबारा हेनरिक्सले विश्वास व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती