लन्डन । बेजिङस्टोक नेपाली कम्युनिटी (बिएनसी) ले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्ट निर्माण सहयोगार्थ च्यारिटी गरि एक हजार पाउण्ड प्रदान गरेका छन् । गत १ जुलाई शनिबार बेजिङस्टोकस्थित अल्डवोर्ड साइन्स कलेजमा च्यारिटी कार्यक्रम गरिएको हो ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुक्षेत्र गुरुङ, महासचिव विजय बिक्रम लिङदेन, महिला संयोजक सुशीला राई, गोर्खा च्यानलकी विमला सेने लगायत सयौंको उपस्थिति थियो ।
प्रमुख अतिथी राजदूत, एनआरएनए यूके अध्यक्ष मुक्षेत्र गुरुङ र बिएनसीका अध्यक्ष तिल बिक्रम साम्बाहाम्फेले संयुक्त रुपमा दीप प्रज्वलन गरेपछि नेपाली राष्ट्रिय गीतबाट औपचारिक कार्यक्रम शुरु भएको थियो ।
औपचारिक कार्यक्रम सञ्चालन समाजकी सचिव निशा शर्माले गरेकी थिइन् भने सुरक्षा सम्बन्धि जानकारी सह सचिव धु्रव गुरुङले दिएका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष साथै कार्यक्रम संयोजक ओम गुरुङले दिए ।
च्यारिटी कार्यक्रमको उद्देश्य र एनआरएनए यूकेको नेपाल हाउसबारे बिएनसी र एनआरएनए यूके उपाध्यक्ष योग कुमार फगामीले श्रव्य दृश्य माध्यमद्वारा प्रष्टयाएका थिए ।
कार्यक्रममा राजदूत सुबेदी, एनआरएनए यूके अध्यक्ष गुरुङ र महासचिव लिङदेनले आ आफ्नो धारणा राखेका थिए । बिएनसी अध्यक्ष साम्बाहाम्फेले कार्यक्रम सफल बनाउन सघाउने कार्यसमिति का पदाधिकारी लगायत सबैमा आभार व्यक्त गरे ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम विजय लिङथेप र शर्मिला पुनले सञ्चालन गरेका थिए । उक्त चरणमा नेपालबाट आएकी गायिका विष्णु चेम्जोङ र गायक गगन पुनका साथ स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुति दिए । प्रियदर्शी लिङथेपको एकल नृत्य, दिलिप लिम्बुको गायन, इशा गुरुङको अंग्रेजी गायन, शर्मिला पुन, रोशनी पुन, मेनुका पुन र सायरा पुनको कौडा नाच, निश्चल गुरुङको रिमिक्स नृत्य, मिरा फगामी, सुवर्ण फगामी र वर्षा गर्बुजाको नृत्य, सेसिल पुन, एलिसा पुन, प्रशान्त पुन, सायरा पुन, गोर्खा पल्टन र इशा गुरुङ, अनिशा गुरुङ र मेलिषा गुरुङको प्रस्तुतिले सबैको ध्यानाकर्षण गरेको थियो ।
गायिका विष्णु चेम्जोङ, गायक गगन पुन र सन्तोष गुरुङको डिजेमा सबैले मनोरञ्जन लिएका थिए ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ