लन्डन । बेलायतस्थित सफल युवा व्यवसायी बीरेन्द्र श्रेष्ठले एनआरएनए यूकेको आसन्न निर्वाचनमा युवा संयोजकको उम्मेदवारी दिने भएका छन् । पछिल्लो पटक मिडियाकर्मीका रुपमा उदयीमान श्रेष्ठले सेप्टेम्बर ९ को निर्वाचनमा उक्त पदको दावी गरेका हुन् ।
पेसाले इलेक्ट्रोनिक इन्जिनियर श्रेष्ठ बेलायतमा छोटो समयमा नै ब्यवसायिक रुपमा सफल भएका छन् । रामेछाप स्थायी घर भइ दशकयता बेलायत बस्दै आएका श्रेष्ठले मोबाइलको सफ्टवेयर तथा रिपेयरिंग होलसेल ब्यवसाय सञ्चालन गरेका छन् । उनीसंग विश्वव्यापी रुपमा ग्लोबल मोबाइल सफ्टवेयर र अनलकिंगको दक्षता समेत छ ।
पछिल्लो समय नेपाली टिभी यूके, सांग्रीला टिभी र एक्सप्रेस स्टुडियोमा सक्रिय श्रेष्ठ फोटोग्राफी र भिडियोग्राफीमा समेत दख्खल राख्छन् । लन्डन साउथ ह्यारोमा सहकर्मी दिनेश परियार र जगन कार्कीसंग मिलेर उनले एक्सप्रेस स्टुडियो सञ्चालन गरेका हुन् । उनको ‘इभेन्ट्स एण्ड मोर’ कार्यक्रम र अन्तर्वार्ता बेलायती समुदायको रोजाइमा छ।
सामाजिक काममा समेत सक्रिय श्रेष्ठले आफ्नो गाउं रामेछापमा मात्र होइन, विपत्तिका बेला देशमा पटक-पटक आर्थिक सहयोग गरेका छन् ।
विशेषगरि मोबाइल रिपेरिंग तालिम दिएर युवाहरुलाई स्वावलम्बी बनाउन उनको महत्वपूर्ण योगदान छ । उनले स्वदेश तथा विदेशमा रहेका युवाहरुलाई रोजगारी तथा व्यापारको अवसर समेत प्रदान गरेका छन् । बेलायतमा रहेका कयौं नेपाली संघ संस्थामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न श्रेष्ठ मिलनसार, हंसिलो र सहृदयी भावनाका छन् ।
आफूले सिकेको सिप, ज्ञान र अनुभवको उच्चतम प्रयोग गरी बेलायतमा रहेका युवाहरुलाई उद्यमशीलतातर्फ अग्रसर गराउन उनको भूमिका गहन छ । युवाहरुका प्रेरक व्यक्तित्व श्रेष्ठले एनआरएनए यूकेमा रहेर केही परिवर्तनको आभाष र युवाहरुलाई संघको अपनत्व दिलाउने अठोट लिएका छन् ।
श्रेष्ठले अघि सारेका एजेन्डाहरु निम्न छन्ः
१) बेलायतस्थित युवाहरुमा उद्यमशीलता र सृजनशीलता विकासका लागि तालिम तथा गोष्ठी सञ्चालन गर्ने ।
२ ) युवाहरुको जोश जाँगर, उपयोगिता साथै आत्मविश्वास बढाउन प्रचारात्मक भन्दा रचनात्मक काम गर्ने ।
३) युवा उद्यमशीलताका लागि वित्तिय सहयोग गर्न ‘सिड फन्डिंग’ मा पहल गर्ने ।
४) बेलायतमा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको दुरी कम गर्न युवाहरुकै अग्रसरतामा विविध सामाजिक काम सञ्चालन गरेर पुस्तान्तर कम गर्ने ।
५) खेलकुद मार्फत शारीरिक, शैक्षिक तथा चेतनामुलक कामहरु मार्फत बौद्धिक क्षमता अभिवृद्धिका लागि निरन्तर पहल गर्ने ।
६) विद्यार्थीहरुलाई स-सम्मान उनीहरुको सिप, ज्ञान र अनुभव प्रयोग गर्न स्वयंसेवा कार्यक्रम मार्फत उपयुक्त अवसर प्रदान गर्ने।
७) एनआरएनलाई युवा मैत्री बनाउन पहल गर्ने ।
८) भूपू गोर्खाहरुको जारी आन्दोलन सफल बनाउन युवा पुस्तालाई नेतृत्वदायी भूमिकाका लागि पहल गर्ने ।
९) बेलायतस्थित युवाहरुमा बढ्दै गएको सांस्कृतिक क्षयीकरण न्यून गर्न विशेष कार्यक्रम ल्याउने ।
१०) बेलायत र नेपालका उद्यमी युवाबीच समन्वय गरि युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न संयोजनकारी भूमिका निर्वाह गर्ने ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि