लण्डन (बेलायत), २२ असार । संयुक्त अधिराज्य (यूके) को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ- मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतको प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण पाइएको छ ।
उक्त अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो । तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने ३२ हजार ६७२ रोजगारीका अवसर गुम्ने स्थितिबाट जोगिएका थिए । यो तथ्याङ्क अनुसार यो समयमा सरदर प्रतिहप्ता दुई हजार रोजगारीका अवसर सिर्जना भएको देखिन्छ ।
प्रविधि, नवीकरणीय उर्जा, जीव विज्ञान, र सिर्जनात्मक उद्योगका लागी आकर्षणस्थल भएकाले संयुक्त अधिराज्य आन्तरिक लगानीका लागी यूरोपको सर्वोत्तम गन्तव्य रहेको विभागल जनाएको छ ।
‘बेलायतले जनमतसङ्ग्रहमार्फत ब्रेक्जिटका बिषयमा निर्णय लिएपछि ऐतिहासिक रूपमा लगानी भित्राएको र पछिल्लो समय बेलायत विदेशी लगानीकर्ताका लागी व्यापक आकर्षणको केन्द्र बनेको छ’, बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले जनाउनुभयो ।
लगानीकर्ता मुलुकमध्ये संयुक्त राज्य अमेरिका सवैभन्दा अग्रणीस्थानमा देखिएको र यसले जम्मा ५७७ आयोजनामा लगानी गरेको विभागकोे भनाई छ । चीन र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले पनि बाँकी १६० आयोजनामा अन्य मुलुकको तुलनामा उल्लेख्य लगानी गरेका बताइएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त