लण्डन (बेलायत), २२ असार । संयुक्त अधिराज्य (यूके) को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ- मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतको प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण पाइएको छ ।
उक्त अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो । तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने ३२ हजार ६७२ रोजगारीका अवसर गुम्ने स्थितिबाट जोगिएका थिए । यो तथ्याङ्क अनुसार यो समयमा सरदर प्रतिहप्ता दुई हजार रोजगारीका अवसर सिर्जना भएको देखिन्छ ।
प्रविधि, नवीकरणीय उर्जा, जीव विज्ञान, र सिर्जनात्मक उद्योगका लागी आकर्षणस्थल भएकाले संयुक्त अधिराज्य आन्तरिक लगानीका लागी यूरोपको सर्वोत्तम गन्तव्य रहेको विभागल जनाएको छ ।
‘बेलायतले जनमतसङ्ग्रहमार्फत ब्रेक्जिटका बिषयमा निर्णय लिएपछि ऐतिहासिक रूपमा लगानी भित्राएको र पछिल्लो समय बेलायत विदेशी लगानीकर्ताका लागी व्यापक आकर्षणको केन्द्र बनेको छ’, बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले जनाउनुभयो ।
लगानीकर्ता मुलुकमध्ये संयुक्त राज्य अमेरिका सवैभन्दा अग्रणीस्थानमा देखिएको र यसले जम्मा ५७७ आयोजनामा लगानी गरेको विभागकोे भनाई छ । चीन र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले पनि बाँकी १६० आयोजनामा अन्य मुलुकको तुलनामा उल्लेख्य लगानी गरेका बताइएको छ ।
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?