दुबई, २१ असार । नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् ।
साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घन्टा थप गरेका थिए ।
ती देशहरुले विच्छेद भएको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरी नाकाबन्दी खोल्न १३ बुँदे शर्त राखेका छन् । उक्त चेतावनीको समयका बारेमा लेखिएको जवाफी पत्र कतारले मङ्गलबार पठाएको थियो ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी कतारको जवाफी पत्र प्राप्त गरेको जनाएका छन् । उनीहरुले कुवेतका राजामार्फत सो पत्र प्राप्त गरेको जानकारी पनि सो विज्ञप्तिमार्फत नै गराएका हुन् ।
‘चार देशले दिएको चेतावनीको ४८ घन्टा समयभित्रै कतारले पठाएको जवाफी पत्र कुवेत मार्फत् ती देशहरुले पाएका छन्, जुन पत्र कुवेतका राजा सेख सबाह अल अहमद अल जाबेर अल सबाहको आग्रहमा आएको हो,’ संयुक्त अरब इमिरेट्सको सरकारी समाचार समिति वामले लेखेको छ ।
कतारका राजाले कुवेतका राजालाई पठाएको सो पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो । कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजाले बुधबार यस गठबन्धनका अरु तीन देशमा पठाउनुभएको समाचारमा जनाइएको छ ।
इरानसँग सम्बन्ध थप बढाएको र आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा चार देशले गत जुन ५ तारिखदेखि कतारमाथि नाकाबन्दी लगाएका छन् ।
कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । कुवेतले कतारसँग वार्ताको पहलका लागि प्रयास गरिरहेको जनाएको छ । तर साउदी अरेबिया भने कतारसँग वार्तामा नबस्ने बताउदै आएको छ ।
कतारसँग ती अरेबियाली देशले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने छ । त्यसैगरी इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने उनीहरुको अर्काे शर्त हो ।
यस पत्र आदानप्रदानका कारण कतारको सङ्कट समाधानको बिकल्प निस्किन सक्ने अनुमान गरिएको छ । तर उता छिमेकी यी खाडी देशहरुले नै आफूमाथि अनायास राखेका यी शर्त पूरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ ।
उता इजिप्टले यसै बिषयमा बुधबार इजिप्टको राजधानी कायरोमा यी चार देशका विदेशमन्त्री स्तरमा बैठकको आयोजना गरेको छ । सोही बैठकमा यस कतारको जवाफी पत्रका बारेमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम