मोसुल (इराक), २० असार । इराकको उत्तरी सहर मोसुलमा सरकारी सेनाले कारबाहीलाई सशक्त पारेपछि इस्लामिक स्टेट (आईएस) समूह मोसुलको अन्तिम पकड क्षेत्रमा ‘मृत्युसँग सङ्घर्ष’ गरिरहेको मङ्गलबार जनाएको छ ।
इराकी सेनाको विशेष दस्ताका प्रमुख तथा सैनिक जनरल अब्देल घानी अल–असादीका अनुसार आफ्नो सेना विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र टिग्रीस नदीभन्दा करिब २५० मिटर टाढा पुगेको छ । सेनाले एक दिन पहिले आईएसद्वारा आश्रयस्थल बनाउँदै आएको एउटा अस्पताल परिसरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
अल असादीले मोसुलमा आईएससँगको अन्तिम लडाईमा केही आत्मघाती बम हमलाको सामना गरिरहेको बताउँदै लडाई अझै सशक्त हुनसक्ने आँकलन गरिएको बताउनुभयो ।
इराकी सेनाले २०१६ को अक्टुबरमा इराकको दोस्रो ठूलो सहर मोसुललाई आईएसको नियन्त्रणबाट फिर्ता लिन सैन्य कारबाही सुरुगरी निरन्तर लड्दै आएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल