दुबई (यूएई), २० असार । संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायदले खाडी मुलुक कतारले आतङ्कवादलाई सहयोग गर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गर्न अनिच्छुक देखिएको मङ्गलबार बताउनुभएको छ ।
यूएईका उच्च कूटनीतिज्ञ शेख अब्दुल्लाहले राजधानी आबुधाबीमा एक पत्रकार सम्मेलन गर्दै कतार आफ्नो पुरानो अडानबाट पछि हट्न अनिच्छुक देखिएको बताउनुभएको यूएईको ‘द नेसनल’ दैनिक पत्रिकाले बताएको छ ।
कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित सोमबार कुवेत आउनुभएको छ । उक्त अवसरमा साउदी नेतृत्वमा खाडीका चार मुलुक यूएई, साउदी अरब, बहराइन र इजिप्टले राखेका अलजजिरा टेलिभिजन सेवा बन्द गर्ने, कतारमा टर्कीको सैनिक शिविर उपस्थिति र इरानसँगको सम्बन्ध तोड्नुपर्नेलगायतका १३ विभिन्न माग कतारसँगको कूटनीतिक सम्बन्ध कामय राख्न सकिने सर्तका रुपमा अघि सारेको थियो ।
सोमबारसम्ममा कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले तयार पारेको कतारको आधिकारिक जवाफ लिएर कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरसँग भेट्न कुवेत पुग्नुभएको थियो ।
खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आउनुभएको छ ।
यद्यपि उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको कतारी सरकारले बताउदै आएको छ ।
गत जुन महिनामा साउदी अरव, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन“ उक्त कदम चालिएको बताएको थियो ।
यसैवीच, छ अरब राष्ट्रका विदेशमन्त्रीहरू कतारसँगको विवादका विषयमा कुरा गर्न बुधबार इजिप्टको राजधानी काएरोमा भेट्ने कार्यक्रम भएको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो ।
उक्त अवसरमा साउदी नेतृत्वमा खाडीका चार मुलुक यूएई, साउदी अरब, बहराइन र इजिप्टले राखेका अलजजिरा टेलिभिजन सेवा बन्द गर्ने, कतारमा टर्कीको सैनिक शिविर उपस्थिति र इरानसँगको सम्बन्ध तोड्नुपर्नेलगायतका १३ विभिन्न माग कतारसँगको कूटनीतिक सम्बन्ध कामय राख्न सकिने सर्तका रुपमा अघि सारेका छन् ।
कतारसँग मध्यस्थता गरिरहेको यूएईद्वारा मागबारे कुनै प्रतिक्रिया आइसकेको छैन ।
साउदी अरबलगायतका चार खाडी मुलुकले यदि कतार आफ्ना मागप्रति सुधारिएर नआए कतारले थप नाकाबन्दीको सामना गर्नुपर्ने जनाएका छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने