लन्डन । दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस कार्यक्रमका लागि नेपालबाट कलाकारहरुको पहिलो समूह आज बिहीबार बेलुका लन्डन उत्रने भएको छ ।
थर्ड आइले १ जुलाइ शनिबार बेलायत अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको अवार्डस कार्यक्रमका लागि कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, अनुप विक्रम शाह, आर्यन अधिकारी, द्वन्द्व निर्देशक एनबी महर्जन, पुष्कर लामा, रामकुमार बोगटी, प्रदीप उदय, सुन्दर लाल, सुशील कुमार, गायक गायिका आनन्द कार्की, सन्जिवनी, संगीतकार शिखर सन्तोष आदि लन्डन आउन लागेका हुन् । आयोजक थर्ड आइका अनुसार अन्य कलाकारहरु समेत बेलायत आउने तयारीमा छन् ।
अवार्डस्को तयारी तीव्र भइरहेको थर्ड आइ आवद्ध कार्यक्रम संयोजक विकास देवकोटाले जनाए । यसअघि नेपालमा उत्कृष्ट पांचको मनोनयन सार्वजनिक भइसकेको छ । पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको २८ विधाको मनोनयनमा ‘उत्कृष्ट फिल्म’ विधामा ‘छक्का पञ्जा’, ‘गाजलु’, ‘वीर विक्रम’, ‘लभ सासा’ र ‘लुट २’ बीच प्रतिस्पर्धा हुनेछ ।
मनोनयनको ‘उत्कृष्ट नायिका’ मा फिल्म ‘किस्मत २’ बाट शिल्पा पोखरेल, ‘होमवर्क’ बाट नम्रता श्रेष्ठ, ‘छक्का पञ्जा’ बाट प्रियंका कार्की, ‘लभ सासा’ बाट केकी अधिकारी र ‘लप्पन छप्पन’ बाट वर्षा शिवाकोटी छन्।
त्यस्तै ‘उत्कृष्ट नायक’ मा ‘लुट २’ बाट सौगात मल्ल, ‘वीर विक्रम’ बाट दयाहाङ राई, ‘गाजलु’ बाट अनमोल केसी, ‘होमवर्क’ बाट आर्यन सिग्देल र ‘लभ सासा’ बाट कर्मा छन् । ‘उत्कृष्ट निर्देशक’ मा ‘गाजलु’ बाट हेमराज बिसी, ‘लभ सासा’ बाट प्रचण्डमान श्रेष्ठ, ‘वीर विक्रम’ बाट मिलन चाम्स, ‘पुरानो डुंगा’ बाट रामबाबु गुरुङ र ‘लुट २’ बाट निश्चल बस्नेत छन्।
२८ विधाबाहेक थप अन्य १५ विधामा पनि अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन् ।
बेलायतमा हुन लागेको अवार्डस् कार्यक्रम यो पहिलो हो । कार्यक्रममा नेपालबाट आउने कलाकारको नृत्य, गायन र स्थानीय कलाकारहरुको विशेष प्रस्तुति हुनेछ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन