लण्डन, १४ असार । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ ।
विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ ।
लण्डनका मेयर सादिक खानले सो जानकारी बुधबार दिनुभएको छ । उहाँले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राख्नुभयो ।
पछिल्लो समय बेलायतमा चक्कु आतङ्क छ । यस वर्षमात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ ।
हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ बर्षमुनिका युवा रहेका थिए ।
युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिनुभएको छ ।
यस हप्तामात्र पनि लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो ।
गएको हप्ता लण्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । उक्त प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लण्डनका विभिन्न स्थानमा युवाहरुको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो । यो कार्बाहीपछि युवालाई चक्कु बोक्ने लत छुटाउन यस्तो नीति बनाउन आवश्यक रहेकोले विद्यालयमा छिर्ने द्वारमा नै उक्त उपकरण राख्ने निर्णयमा लण्डन प्रहरी पुगेको बताइएको हो ।
बेलायतमा पछिल्ला केही समय यता आतङ्ककारी हमला र चक्कु प्रहार गरी हत्या गर्नेजस्ता हिंसात्मक घटनामा बृद्धि भएको छ । जसले गर्दा यहाँको प्रहरीले विभिन्न सुरक्षा मापदण्डहरु लागू गरिरहेको छ ।
त्यसैगरी मेयर सादिकले चक्कुले तिम्रो जिवनको रक्षा गर्ने नभई नष्ट गर्ने हो भन्ने सन्देशमूलक अभियानहरु सञ्चालन गर्न महानगरका हरेक समुदाय र नगरीहरुलाई विशेष आग्रह पनि गर्नुभएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता