बेइजिङ (चीन), १३ असार । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ ।
चीनले भारतीय सेनाले सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रुपमा अतिक्रमण गरेको दावी गर्दै भारतसँग सिमानामा देखिएको समस्या विषयमा नयाँ दिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाएको छ ।
“हामीले बेइजिङ र नयाँ दिल्लीमा औपचारिक रुपमा गम्भीर आपत्ति जनाएका छौँ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो भौगालिक सार्वभौमसत्तालाई जोगाउने अभियान अविचलित रुपमा अघि बढ्नेछ । हामी विश्वास गर्छौं भारतीय पक्ष यस विषयमा सोहीअनुरुप अघि बढ्नेछ र तुरुन्तै चिनियाँ भूभागबाट सेनालाई फिर्ता लग्नेछ ।”
चीनले सोमबार राति नै सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखी नाथुला प्रवेशमार्ग हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई समेत भ्रमणमा प्रतिबन्ध लगाएको जनाएको थियो ।
यसैबीच चिनियाँ विदेश मन्त्रालयका गेङ सुवाङले मङ्गलबार एक विज्ञप्ति जारी गरी भारतीय सुरक्षा गार्डलाई तुरुन्त फिर्ता गरी के कति कारणले सीमा अतिक्रमण गरिएको हो अनुसन्धान सुरु गर्न आग्रह गरेको बताउनुभएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल