वासिङटन, १३ असार । सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको तयारी गरिरहेको सूचना अमेरिकाले प्राप्त गरेको जानकारी दिएको हो ।
ह्वाइट हाउसले जनाएअनुसार सिरियाली राष्ट्रपति असदले गत वर्ष पनि यस्तै हमला गरेका थिए र अहिले पनि उनले त्यो घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको जसबाट कैयौँ सर्वसाधारणको ज्यान जाने देखिएको छ ।
ह्वाइटहाउसले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा यदि त्यस्तो भयो भने यसबाट सिरियालाई ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावानी दिइएको छ ।
ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले विज्ञप्ति प्रकाशन गरी भन्नुभएको छ– असदले अर्काे शक्तिशाली रासायनिक हतियार आक्रमणको योजना बनाएको छ र यसबाट आम नरहसंहार हुने देखिएको छ ।
यदि त्यसो भयो भने सिरियाले महङ्गो मूल्य चुकाउनुपर्ने हुनसक्छ– उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ । यसअघि पनि सिरियाले गरेको यस्तै आक्रमणमा बालबालिका, महिला लगायत निर्दाेष नागरिकको ज्यान गएको थियो ।
सिरियामा सन् २०११ देखि अर्थात विगत छ वर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ ।
सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामाको मागगर्दै सुरु भएको प्रजातान्त्रिक आन्दोलनले पछि हिंसात्मक रुप लिएको थियो । हाल त्यहाँ गृहयुद्ध नै चलिरहेको छ र दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल