लण्डन । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा केजिन राई निर्विरोध निर्वाचित भएका छन् ।
शाखाको शनिबार बेल्जियममा सम्पन्न तेस्रो अधिवेसनले राईलाई पुन अध्यक्षमा चयन गरेको हो । अधिवेसनको उद्घाटन केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीले गरेका थिए । अधिवेसनले वरिष्ठ उपाध्यक्षमा डिल्लीराम अमाइ (बेल्जियम), उपाध्यक्षमा राजकुमार दिक्पाल, (पोर्चुगल) महासचिवमा योगेन्द्रमिलन छन्त्याल (पोर्चुगल), सचिवमा द्रोण रिजाल (नेदरल्याण्डस)र सदस्यहरुमा प्रेम परियार (नर्वे), म्हेन्दो वाइवा (इटली), शेरबहादुर छन्त्याल (बेल्जियम), निराजन श्रेष्ठ (स्वीटजरल्याण्ड), तेज नेपाली (बेल्जियम), वीरमान घर्तीमगर (बेल्जियम) र प्रेम पोमू (जर्मनी) लाई चुनेको छ ।
यसैगरी पन्चम अधिकारी र पुष्प बरुबाललाई सल्लाहकार चयन गरिएको छ भने सातजना नयाँ सदस्यहरुलाई सदस्यताका लागि केन्द्रमा प्रस्ताव गरिएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई उपाध्यक्ष भण्डारीले प्रमाणपत्र प्रदान गरे ।
उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारी, नेपाल पत्रकार महासङघ युकेका अध्यक्ष नरेश खपाङगीमगर, एनअारएन अाइसिसीका सचिव अर्जुन श्रेष्ठ, नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, एनअारएन बेल्जियमका अध्यक्ष गङगाधर गाैतम, एनअारएन पाेर्चुगलका अध्यक्ष भीमकमल केसी, सङ्घीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर, जनप्रगतिशील मन्च बेल्जियमका अध्यक्ष जीत लामा, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष विष्णु भुजेल, प्रवासी नेपाली मन्च बेल्जियमका अध्यक्ष बोधराज पाैडेल, नेपाल पर्यटन बोर्डका प्रतिनिधि रविन्द्रमान श्रेष्ठ, तामाङ समाज बेल्जियमका बाबुराजा लामा लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम सन्चालन द्रोण रिजालले गरेका थिए भने स्वागत मन्तब्य नीलम घिमिरेले गरेका थिए ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल