याङ्गुन, ९ असार । म्यानमारले यस बर्ष ३५ लाख पर्यटकलाई स्वागत गर्ने अनुमान गरिएको छ । यसबर्षको अप्रिलसम्म १२ लाख पर्यटक म्यानमार पुगिसकेका बताइएको छ ।
यो सङ्ख्या गत बर्षको तुलनामा २५ प्रतिशतले बढी हो । गत बर्ष यसै अवधिमा ९ लाख पर्यटकले मात्र भ्रमण गरेका होटेल तथा पर्यटन मन्त्रालयले बताएको छ ।
सो मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कअनुसार सन् २०१६ मा २९ लाख पर्यटकले म्यानमार भ्रमण गरेका थिए भने सन् २०१५ मा ३६ लाखले भ्रमण गरेका थिए ।
यस देशले पर्यटन क्षेत्रलाई बढावा दिने प्रयास जारी राखेको जनाएको छ । पर्यटकीय आकर्षणसम्बन्धी कार्यक्रमहरु हाल म्यानमारले सञ्चालन गरिरहेको छ ।
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
परराष्ट्रमन्त्री शर्माको निर्देशन – ‘एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस्’
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु