नयाँ दिल्ली, ८ असार । भारतको नयाँ राष्ट्रपतिका लागि बिहीवार सम्म जम्मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । संविधान अनुसार मुलुकको सर्वोच्च पदका लागि सत्तारुढ दल भारतीय जनता पार्टीले भने पुर्वी राज्य बिहारका गभर्नर रामनाथ कोभिन्डलाई राष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि अर्थात् गत सोमबार नै घोषणा गरेको थियो ।
भारतमा आगामी जुलाईको १७ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ भने जुलाई २० तारिखमा नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको पाँच बर्षे कार्यकाल जुलाईको अन्त्यमा सकिन लागेकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो ।
भारतीय श्रोतले दिएको जानकारी अनुसार उम्मेदबारी दर्ता गरेका मध्ये कोहीपनि राजनीतिक पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका होइनन् । उनीहरु सवैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।
उम्मेदबारी दिएका मध्ये दुई जनाको उम्मेदवारी निर्वाचन आयोगले अस्वीकृत गरेको छ । राष्ट्रपति पदको उम्मेदवारका लागि आवश्यक कागजपत्रहरु उनीहरुसँग नभएकाले उनीहरुको उम्मेदवारी अस्वीकृत गरिएको जनाइएको छ ।
भारतीय जनता पार्टीले आफु नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आगामी राष्ट्रपतिका लागि ७१ बर्षीय रामनाथ कोभिन्डलाई गत सोमबार नै उम्मेदबार बनाएको थियो ।
कोभिन्ड दुई पटकसम्म सांसद भइसक्नु भएको छ भने अहिले पूर्वी राज्य विहारका गभर्नर हुनुहुन्छ ।
यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति हुनु भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेवारी सम्हाल्नु भएको थियो । कोभिन्ड निर्वाचित हुनुभयो भने उहाँ भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउने छ ।
भारतको कानुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न कम्तिमा ३५ बर्ष नाघेको हुनु पर्ने ब्यवस्था छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रिय र प्रदेश संसदका सांसदहरूले मतदान गर्ने व्यवस्था छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान