ब्रसेल्स (बेल्जियम), ८ असार । यूरोपेली महासङ्घ (इयू) बाट बर्हिगमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका इयूका जनताको अधिकारको सुरक्षा प्रत्याभुत गरिने बेलायती प्रधानमन्त्री टेरेजा मेले बताउनुभएको छ ।
बिहीवार ब्रसेल्समा सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायत बसोबास गर्दै आएका इयूका जनताले पूर्णरूपमा आफ्ना अधिकारको प्रयोग गर्न वातावरणको सिर्जना हुने गरी योजना ल्याउन लागिएको छ । यस विषयमा कोही चिन्तित हुनुपर्दैन ।’
प्रधानमन्त्री मे इयूका नेताहरूसँगको दुई दिने बैठकमा ब्रेक्जिटबारे छलफल गर्न ब्रसेल्स आउनुभएको हो ।
यसैवीच जर्मन चान्सलर एन्गेला मर्केलले आफूहरू ब्रेक्जिट वार्तामा इयूको भविष्यलाई प्राथमिकतामा राखेर मात्र अघि बढिने बताउनुभएको छ । बेलायती प्रधानमन्त्रीले ब्रसेल्समा ल्याउने भनिएको योजनाबारे आलोचना गर्दै भन्नुभयो, ‘मेरा लागि बेलायत बाहेकका २७ सदस्य राष्ट्रको भविष्य बेलायतको बहिर्गमनको विषयभन्दा महत्वपूर्ण रहने छ ।’ वार्तामा सहभागी हुन ब्रसेल्स पुगेपछि दिनुभएको प्रतिक्रयामा इयूका प्रभावशाली नेता मर्केलले ‘बहिर्गमनभन्दा पहिले इयूको भविष्यसँग जोडिएका मुद्दा’ मा छलफल हुने बताउनुभयो ।
ब्रेक्जिट फिर्ता हुनसक्ने- टस्क
इयू नेता तथा बेलायती प्रधानमन्त्री मे वार्ताका लागि जुटेका समय इयू प्रमुख डोनाल्ड टस्कले भने रक गायक जोन लेननको ‘कल्पना’ को जस्तै बेलायत अझै इयू समूह राष्ट्रमा रहनसक्ने सङ्केत गर्नुभयो ।
‘प्रक्रिया अझै पनि उल्टिने सम्भावना छ’, पोल्याण्डका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका टस्कले आफ्ना केही बेलायती साथीहरूले ब्रेक्जिटबारे निर्णय उल्टिन सक्दैन भनी सोधेको प्रसङ्गमा भन्नुभयो । ‘यसो भन्दा तपाईहरू मलाई सपना देखेको भन्नुहोला तर म त्यो मात्र होइन’, टस्कको भनाइ थियो ।
इयूको स्थापना असम्भव मानिएको सपनाबाटै सम्भव भएको प्रसङ्ग कोट्याउदै भन्नुभयो, ‘कसले जान्छ ब्रेक्जिट इयूमा नै पनि रहन सक्छ ।’
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने