दमासकस, ७ असार । सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आईएस) लडाकू मारिएका छन् ।
अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा उनीहरू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
जारी विज्ञप्तिमा ३१२ जना आईएस लडाकू मारिएका र १५ जना तिनीहरूका कमाण्डर हराइरहेका उल्लेख गरिएको छ ।
अमेरिकी सहयोगको सो समूहले आईएसको नियन्त्रणमा रहेको राकालाई नियन्त्रण मुक्त बनाउने उद्देश्य राखेको छ । सो ठाँउलाई आईएस लडाकूहरूले सन् २०१४ मा नियन्त्रणमा लिई आफ्नो राजधानी भएको घोषणा गरेका थिए ।
एसडीएफलाई सिरियाको सेनाले सहयोग गरिरहेको अमेरिकाको भनाई छ ।
राका सहरको सर्वसाधारणको रक्षा गर्न संयुक्त राष्ट्रसङ्घीय प्रमुखको अपिल
संयुक्त राष्ट्रसङ्घ (संयुक्त राज्य अमेरिका), ७ असार । सिरियाको राका सहर इस्लामिक स्टेट्सको कब्जाबाट मुक्त गराउनका लागि अमेरिका आवद्ध सैन्य बलको सहयोगमा भएको भीषण आक्रमणबाट सर्वसाधारणलाई बचाउनका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनिओ गुटेर्रेसले बुधबार अपिल गर्नुभएको छ ।
सिरियाली सहर राका र सिरियाको नै अन्य स्थानमा सैनिक कारबाहीको क्रममा सर्वसाधाारण नागरिक र उनका आधारभूत आवश्यकताका लागि रक्षा गर्न सेना सबै शक्ति प्रयोग गर्न पनि उहाँ अपिल गर्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।
सिरियाभरी नै सर्वसाधारण नागरिक अत्यन्त भयभीय अवस्थामा रहेका र त्यसमाथि पनि राकाको अवस्था अत्यन्तै नाजुक रहेको गुटेर्रेसले बताउनुभएको छ ।
गुटेर्रेसले सिरियामा मानवीय सहयोग गरिरहेका सबै पार्टीलाई तत्काल अत्यावश्क खाद्य सामग्री र औषधि राकामा पठाउनसमेत अपिल गर्नुभएको छ ।
सिरियामा गत ६ वर्षदेखि जारी युद्धको क्रममा तीन लाख २० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । सिरियाली राष्ट्रपति बसर अल असादको राजीनामाको माग गर्दै सुरु भएको यस आन्दोलनले गृहयुद्धको रूप लिएपछि यस युद्धमा इस्लामिक स्टेट्स र अलकायदाजस्ता आतङ्ककारीहरू हाबी हुँदै गए ।
सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सो समयदेखि हालसम्म लाखौँ व्यक्ति मारिनुको साथै घाइते भएका छन् । लाखौँले आफ्नो देश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत