लखनउ (भारत), ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले योगाले भारतलाई संसारसँग जोडेको बताउनुभएको छ । उहाँले विश्व योगा दिवसको अवसरमा बुधबार दिनुभएको सन्देशमा सो धारणा राख्नुभएको हो ।
बुधबार विश्व योगा दिवसको अवसरमा अहमदावाद सहरमा १ लाख २५ हजार व्यक्ति योगाको लागि उपस्थित भएका थिए । उनीहरुले बिहान योगा गरेरै दिवस मनाउने कार्यक्रमको सुरुवात गरेका थिए ।
सबैभन्दा धेरै व्यक्ति एकै स्थानमा बसेर योगा गरेको घटनालाई गिनीज वल्र्ड रेकर्डमा राख्ने उद्देश्यले आज विश्व योगा दिवसकै दिन पारेर सो योगा कार्यक्रमको आयोजना गरिएको हो ।
सो अभियानको नेतृत्व भारतका योगगुरु बाबा रामदेवले गर्नुभएको थियो । उहाँ उक्त समारोहको मञ्चमा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसँगै योगासनमा बस्नुभएको थियो ।
यस वर्षको यो दिवस तेस्रो विश्व योगा दिवस हो । यस दिवस आज विश्वका करिब १०० देशमा मनाइने विश्वास गरिएको छ ।
यस अभियान अन्तर्गत प्रधानमन्त्री मोदी बुधबार बिहान लखनउ पुग्नुभएको थियो । उत्तर प्रदेशको राजधानी लखनउ हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले यहाँ गतवर्ष भएको निर्वाचनमा भारी बहुमत हासिल गरेको थियो ।
निकै ठूलो भीड रहेको सो योगाशन समूहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो– भारतलाई नचिन्ने वा भारतको भाषा, संस्कार र संस्कृतिको बारेमा पनि ज्ञान नभएको विश्वका कतिपय देशलाई योगाले नै जोड्ने काम गरेको छ ।
प्रधानमन्त्री मोदीले योगाले कुनै पनि व्यक्तिको शरीर, मस्तिष्क र आत्मालाई जोड्ने काम गर्छ । त्यसैले योगाकै माध्यमबाट विश्वका नागरिकलाई पनि एकै स्थानमा ल्याउने र भावनात्मक रुपले जोड्ने काम गर्दछ– उहाँले भन्नुभयो ।
भारतीय टेलिभिजनहरुले बुधबार देशैभरि योगाशन गरिरहेका दृश्यहरु देखाएका छन् । सैनिक एवम् प्रहरीका क्याम्प, स्कुल कलेज, मठमन्दिर आदिमा पनि विभिन्न योगाशनहरु गरिएका दृश्यहरु देखाइरहका बताइएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने