लखनउ (भारत), ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले योगाले भारतलाई संसारसँग जोडेको बताउनुभएको छ । उहाँले विश्व योगा दिवसको अवसरमा बुधबार दिनुभएको सन्देशमा सो धारणा राख्नुभएको हो ।
बुधबार विश्व योगा दिवसको अवसरमा अहमदावाद सहरमा १ लाख २५ हजार व्यक्ति योगाको लागि उपस्थित भएका थिए । उनीहरुले बिहान योगा गरेरै दिवस मनाउने कार्यक्रमको सुरुवात गरेका थिए ।
सबैभन्दा धेरै व्यक्ति एकै स्थानमा बसेर योगा गरेको घटनालाई गिनीज वल्र्ड रेकर्डमा राख्ने उद्देश्यले आज विश्व योगा दिवसकै दिन पारेर सो योगा कार्यक्रमको आयोजना गरिएको हो ।
सो अभियानको नेतृत्व भारतका योगगुरु बाबा रामदेवले गर्नुभएको थियो । उहाँ उक्त समारोहको मञ्चमा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसँगै योगासनमा बस्नुभएको थियो ।
यस वर्षको यो दिवस तेस्रो विश्व योगा दिवस हो । यस दिवस आज विश्वका करिब १०० देशमा मनाइने विश्वास गरिएको छ ।
यस अभियान अन्तर्गत प्रधानमन्त्री मोदी बुधबार बिहान लखनउ पुग्नुभएको थियो । उत्तर प्रदेशको राजधानी लखनउ हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले यहाँ गतवर्ष भएको निर्वाचनमा भारी बहुमत हासिल गरेको थियो ।
निकै ठूलो भीड रहेको सो योगाशन समूहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो– भारतलाई नचिन्ने वा भारतको भाषा, संस्कार र संस्कृतिको बारेमा पनि ज्ञान नभएको विश्वका कतिपय देशलाई योगाले नै जोड्ने काम गरेको छ ।
प्रधानमन्त्री मोदीले योगाले कुनै पनि व्यक्तिको शरीर, मस्तिष्क र आत्मालाई जोड्ने काम गर्छ । त्यसैले योगाकै माध्यमबाट विश्वका नागरिकलाई पनि एकै स्थानमा ल्याउने र भावनात्मक रुपले जोड्ने काम गर्दछ– उहाँले भन्नुभयो ।
भारतीय टेलिभिजनहरुले बुधबार देशैभरि योगाशन गरिरहेका दृश्यहरु देखाएका छन् । सैनिक एवम् प्रहरीका क्याम्प, स्कुल कलेज, मठमन्दिर आदिमा पनि विभिन्न योगाशनहरु गरिएका दृश्यहरु देखाइरहका बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा