काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीलाई छुटाउन ७२ लाख घुस लिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई नायब सुब्बासहित ५ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ७२ लाख रुपैया बरामद भएको छ। अख्तियारको टोलीले भन्सार कार्यालयका नासु सुरेश थपलियालाई ५१ लाख रुपैयासहित शनिबार पक्राउ गरेको छ। यसअघि घुसको पैसासहित नासु हरिवंश कार्कीलाई शुक्रबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको थियो।
अख्तियार टोलीले कार्कीसँगै भन्सार एजेन्ट प्रेम अधिकारी र देवराज भट्टराईसहित धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसबाट पक्राउ गरेको थियो। सोही टोलीले कार्कीको आकासेधारास्थित घरमा छापा मारेको थियो र कार्कीको पत्नि लक्ष्मी लम्साललाई पक्राउ गरेको थियो। लम्सालले दिएको बयानका आधारमा शनिबार थपलिया पक्राउ परेका हुन्।
सुन तस्करीमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउन शुरुमा एक करोड मागे पछि ७२ लाख रुपैयामा सरकारलाई छाड्न सहमत भएका थिए। अख्तियारले उनीहरुबाट घुस लिएको ७२ लाख रुपैया नै बरामद गरेको छ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ