काबुल, ६ असार । अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिविर नजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ ।
एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको मङ्गलबार बिहान जानकारी दिएका छन् ।
रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिवीरको भ्रमणमा गएका र उनीहरु माथि स्थानीय समयाअनुसार सोमबार राति १० बजे आक्रमण भएको बताइएको छ ।
सो आक्रमणमा परी आठ जना मारिएका र दुई घाइते भएको प्रान्तीय सुरक्षा स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।
सो स्रोतले यस घटनाको विषयमा विस्तृत विवरण भने नदिएको र अनुसन्धानरत रहेको जानकारी दिएको छ । यस घटनासम्बन्धी विस्तृत विवरण सञ्चारमाध्यमलाई पछि दिइने जानकारी दिइएको छ ।
ब्यागरम अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा पर्दछ । यस सैन्य शिवीरमा अमेरिकी र नेटोआवद्ध सैनिकहरु गत १६ बर्षयतादेखि कार्यरत रहेका छन् ।
ब्यागरम जिल्लाको साह आका इलाकामा भएको यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मा लिएको छैन् ।
तर गत अप्रिलको अन्त्यबाट भीषण आक्रमणको घोषणा गरिबसेका तालिवान आतङ्ककारीहरुले नै सो हत्या गरेको प्रहरीको दाबी छ ।
तालिवान आतङ्ककारी समूहले सरकारी अधिकारीहरुको जमघट एवम् सरकारी कामहरुबाट टाढै बस्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी