लण्डन । पश्चिम मगरहरुले मनाउँदै आएको भूमे पर्व बेलायतमा पनि मगरहरुले मनाएका छन् ।
खामभाषी मगर समाज युकेले शनिबार क्यान्टरबरीमा आयोजना गरेको कार्यक्रममा विधिपूर्वक भूमिको पूजाआजा गरी भूम्या नाच नाचिएको थियो ।
कार्यक्रममा सहभागीहरुले बाजाको तालमा नाच्दै वनमा पुगी बुकी फूल र चोखो पानी ल्याएका थिए । त्यसपछि पुजारी राजकुमार बुढाले बुकी फूल, चोखो पानी र भेडा काटी भूमि पूजा गरेका थिए ।
त्यसपछि आयोजित औपचारिक कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापामगर, पूर्व अध्यक्ष दुत पुनमगर, मगर संघ युकेका संरक्षक घनबहादुर थापामगर, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुन, एनआरएन युकेका उपाध्यक्ष शान्ति थापामगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, मगर संघ केन्टका अध्यक्ष विजय हितान लगायतले भूमे पूजाको शुभकामना दिएका थिए ।
समाजका अध्यक्ष हिक्मतसिंह रोकामगरको अध्यक्षता र सचिव धनकुमार बुढामगरको संचालनमा भएको सो कार्यक्रममा अध्यक्ष रोकाले भूमे पूजाको महत्व दर्शाएका थिए ।
वर्षायाम लागेपछि बाढीपहिरो, आँधीबेहरी जस्ता प्रकोपबाट असर नपरोस्, लगाएको बालीनाली नष्ट नहोस् र जमिनमा आएका किटपतङ्गहरु मारिएमा पाप नलागोस् भनी भूमे पर्व मनाउने गरिन्छ । राप्ती, भेरी र धवलागिरी क्षेत्रका मगरहरूले असार संक्रान्तिका दिनदेखि एक सातासम्म सो पर्व मनाउने गरिन्छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार