वासिङटन, ३ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौताका केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएको छ ।
पूर्वराष्ट्रपति ओबामाको क्युवासँगको यात्रा प्रतिबन्ध खुकुलो बनाएको र व्यापार माथिको कडाइलाई केही सहज बनाएको कार्यक्रमलाई शुक्रबार पुनः प्रतिबन्ध लगाइएको छ ।
शुक्रबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ओबामाको क्युवा नीतिलाई लगभग पुरानै अवस्थामा फर्काउनेगरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।
“यसअघिको प्रशासनले क्युवामा अमेरिकीको यात्रा र व्यापारका विषयमा लिएको नीतिले अमेरिकालाई सहयोग नगरेकाले अव त्यसलाई लागुगर्न सकिँदैन,” ट्रम्पको यस भनाइलाई सो विज्ञप्तिमा जनाइएको छ ।
फ्लोरिडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ओवामाले क्युवासँग गरेका “एकपक्षीय” केही सम्झौतालाई तत्काल खारेज गर्ने बताउनुभएको थियो ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा व्यक्तिगत तथा व्यवसायिक हितका लागि क्युवाको मन्त्रालयसँग कुराकानी गरिने उल्लेख छ ।
ट्रम्पले क्युवाको कानुनी बन्देजका बारेमा पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । ट्रम्पले क्युवामा अमेरिकाले खोलेको राजदूताबास पनि बन्द गर्न लगाउनुभएको छ । उहाँ राष्ट्रपति भएदेखि नै क्युवा नीतिमा आंशिकरुपमा परिवर्तन भएको थियो ।
गत सन् २०१४ को डिसेम्बरमा झन्डै पाँच दशक पछि क्युवा र अमेरिकाबीचको सम्बन्धमा ठूलो परिवर्तन गरिएको थियो । तत्कालिन राष्ट्रपति ओवामाले क्युवा र अमेरिकको सम्बन्धलाई सामान्य अवस्थामा पुरयाउने पहल गर्नुभएको थियो ।
उहाँको पहलपछि अमेरिका र क्युवाबीच कुटनीतिक, सामाजिक, आर्थिक एवम् व्यापारिक सम्वन्धमा सुधार आएको थियो ।
अमेरिकाले क्युवामा राजदूताबास खोलेपछि क्युवा जाने अमेरिकीहरुको सङ्ख्या निकै बढेको थियो । अमेरिकाको व्यापारिक क्षेत्र पनि फराकिलो भएको थियो ।
अमेरिका र क्युवाबीच सन् १९६१ देखि सम्बन्ध विग्रिएको थियो ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने