
राष्ट्रपति विद्यादेवी भण्डारीले जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा बिहीबार ‘प्याले डे नेसियोँ’ स्थित अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा राखिएको विशेष पुस्तक ‘गोल्डेन बुक’ मा हस्ताक्षर गर्नुहुँदै । तस्बिर ः सुरेन्द्रबहादुर नेपाली, जेनेभा, रासस
जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो ‘प्याले डे नेसियोँ’ स्थित अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा राखिएको विशेष पुस्तक ‘गोल्डेन बुक’ मा हस्ताक्षर गर्नुभयो ।सङ्गठनको कार्यालय पुग्दा राष्ट्रपति भण्डारीलाई सङ्गठनका महानिर्देशक गाय राइडरले स्वागत गर्नुभएको थियो । ‘रुम एक्स’ स्थित ठूलो टेबुलमा राखिएको ‘गोल्डेन बुक’लाई सङ्गठनमा विशेष पुस्तकको रुपमा लिइन्छ । उक्त अवसरमा सङ्गठनका महानिर्देशक राइडरले राष्ट्रपति भण्डारीलाई उपहार प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो ।
राष्ट्रपतिको सम्मानमा स्वागत कार्यक्रम
राष्ट्रपति भण्डारीको सम्मानमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले बिहीबार साँझ एक स्वागत कार्यक्रम आयोजना गर्नुभयो ।
कार्यक्रममा गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमको पनि उपस्थिति थियो । कार्यक्रममा बङ्गलादेशका श्रम राज्यमन्त्री मजिबुल हक पनि सहभागी हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा जेनेभास्थित विभिन्न मुलुकका राजदूतहरु, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका तथा संयुक्त राष्ट्र सङ्घका अन्य विभिन्न निकायका वरिष्ठ अधिकारी र विभिन्न दूतावासका वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो ।
उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो ।
राष्ट्रपति भण्डारीले बिहीबार साँझ जेनेभा लेकको पनि अवलोकन गर्नुभएको थियो ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा