सोफिया (बुल्गेरिया), ३१ जेठ । बुल्गेरियाको भन्सार कार्यालयका अधिकृत र व्यापारीहरू गरी २३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बुल्गेरियाको ग्रिससँगको सिमानामा रहेको मुख्य जाँच चौकीमा उनीहरू पक्राउ परेका छन् ।
सीमा क्षेत्रमा पर्ने कुलाताबाट कुनै चेकजाँच विना नै ट्रकपार गराएपछि उनीहरूविरुद्ध अनुसन्धान गरिएको बताइएको छ ।
प्रहरीले कुलाता र सोफियामा रहेका ८३ वटा भन्सार कार्यालय र यातायात कार्यालयमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले ६३ हजार लेभा अर्थात ३६ हजार अमेरिकी डलर बराबरको नगद पनि बरामद गरेको एक जना सरकारी प्रवक्ता रुमिना अर्नाऔडोभाले जानकारी दिनुभएको छ ।
बुल्गेरिया सरकारी अधिकारीहरू नै लामो समयदेखि सीमा क्षेत्रमा मानव बेचबिखन, राजस्व छलीलगायतका अवैधानिक कार्यमा संलग्न हुँदै आएको पाइएको छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने