लुसाका (जाम्बिया), ३० जेठ । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ ।
राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि गरेको संसदको सम्वोधनमा प्रतिपक्षि दल यूपीएन्डीका सांसदले विरोध स्वरुप बहिस्कार गरेका थिए ।
‘मैले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई ममाथि निहित कानूनी अधिकारको प्रयोग गरी ३० दिनका लागि निलम्वन गर्ने निर्णय लिएको छु’, सभामुख प्याट्रिक मातिविनीले मङ्गलबार सञ्चारकर्मीसँग बताउनुभयो ।
निलम्बनमा परेका प्रतिपक्षीदल पार्टी फर युनाइटेड नेसनल डेभलपमेन्ट (यूपीएनडी) का नेता हाकुन्दे हिचिलेमाले आफ्ना सांसदविरुद्ध गरिएको कारबाहीप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, ‘अझ पनि कसैलाई निरङ्कुश शासनका विषयमा शङ्का छ भने संसदले आफ्ना सांसदमाथि गरेको घटनाको बिष्लेषण गर्नुहोस् ।’
प्रजातान्त्रिक अभ्यासअनुसार संसदमा उपस्थित हुने नहुने आफ्नो दलको निर्णय भएको भन्दै उहाँले सांसदलाई संसदमा विरोध जनाउन अनुपस्थित भएको घटनामा कारबाही गरिनु कहाँको प्रजातन्त्र हो भनी उहाँले प्रश्न गर्नुभयो ।
सन् १९९१ मा प्राप्त प्रजातन्त्रलाई जोगाउने बेला आएको छ र यसका लागि जाम्बियाली जनताले आफ्नो दललाई सघाउने छन्, हिचिलेमाले सञ्चारकर्मीलाई बताउनुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त