
राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती लगायत । तस्बिर ः रोशन सापकोटा, रासस
अबुधाबी, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जाने सिलसिलामा आज संयुक्त अरब इमिरेट्सको अबुधाबी आइपुग्नुभयो ।
उहाँलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका शिष्टाचार अधिकारीहरुले स्वागत गर्नुभयो ।
यसैगरी, उहाँको स्वागतार्थ विमानस्थलमा नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
उहाँ बुधबार बिहान अबुधाबीबाट जेनेभातर्फ प्रस्थान गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतहरु हुनुहुन्छ ।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण