क्वालालम्पुर । नयां शक्तिप्रति आस्था राख्ने मलेसियास्थित अभियन्ताहरुलाई अन्तर्राष्ट्रय नेपाली समाज मलेसियामा स्वागत गरिएको छ । ‘हाम्रो देश नेपाल हाम्रै पालामा समृद्ध पार्न सकिन्छ’ भन्ने विश्वासका साथ यस अभियानमा संगै अगाडि बढ्न चाहने आठ अभियन्तालाई स्वागत गरिएको हो । नव प्रवेशीमा सन्तोष गुरुङ, राजु गुरुङ, पितम गुरुङ, किङ गुरुङ, प्रशान्त शाह, पूर्ण बहादुर गुरुङ, बिक्रम तामाङ र बुद्ध लामा छन् । नयां अभियन्ताहरुलाई कार्यवहाक अध्यक्ष सुबर्ण थापाले दोसल्ला ओढाएर स्वागत गरेको अन्तर्राष्ट्रय नेपाली समाज मलेसियाका सचिव दिनेश खड्काले जानकारी दिए ।
यसैबीच, क्वालालम्पुर स्थित उग्रतारा रेस्टुरेन्टको सभाहलमा आइतबार सम्पन्न बैठकले नयां कोषाध्यक्ष पनि चयन गरिएको छ । पूर्ब कोषाध्यक्ष सुजन तामाङ नेपाल फर्किएपछि नयां कोषाध्यक्षमा जादु तामाङलाई सर्वसम्मत चयन गरिएको हो । पूर्ब कोषाध्यक्ष सुजन तामाङ र सदस्य रिबेक तामाङलाई संगठनमा पुरयाएको योगदानको उच्च कदर गर्दै विदाइ गरियो ।
नवनियुक्त कोषाध्यक्ष जादु तामाङले धन्यवादसहित पार्टी र संगठनको नीति, नियम र विधानलाई आत्मसात गर्दै आगामी दिनमा अझ सशक्त रुपमा पार्टी र संगठनलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण